• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका दुईजना पाठकहरुलाई वर्ष उत्कृष्ट पाठक घोषणा




दाङ / अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर दाङका दुईजना पाठकहरुलाई वर्ष उत्कृष्ट पाठक घोषणा गरिएको छ । अध्ययन सहूह दाङ र मेधावी कन्सर्न घोराहीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राम बहादुर जिसी र युगवोध दैनिकमा कार्यरत पत्रकार तथा लेखक गोबिन्द खड्कालाई उत्कृष्ट पाठक घोषणा गरेका हुन् ।

दुबै पाठकहरुलाई आगामी बैशाख शुक्रबार सर्वोदय पुस्तकालय घोराहीमा कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान गर्ने जनाइएको छ ।

पठन संस्कृति अहिले पनि समाजमा कम्जोर रहेको ठहर सहित त्यसको प्रवर्द्धन, बिकास, विस्तार र प्रोत्साहन गर्दै नयाँ पुस्तालाई ज्ञानको महत्वबोध गराउनका लागि यसको सुरुवात गरिएको साथै आगामी दिनहरूमा यसलाई व्यापक रुपमा निरंतरता दिदै जाने मेधावी कन्सर्न, घोराहीका संचालक तथा बि.एन.पुस्तक संसारका अध्यक्ष सूर्य विसीले बताउनुभयो ।

Facebook Comments