• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोट महोत्सवमा आज नायिका थापाको प्रस्तुति रहने




निराजन सिर्पाली

रुकुम पूर्व । रुकुम पूर्वमा जारी बृहत पूर्वि रुकुम पर्यटन तथा सास्कृतिक महोत्सबमा आज आईतवार नायिका रेखा थापाको प्रस्तुति रहनेछ । नायीका थापाको साथमा गायक अमित परियार,गायीका मञ्जु भट्टराई, मोडलहरु रुविना अधिकारी र संगम मल्ल ठकुरी लगायतको पनि प्रस्तुति रहने कार्यक्रमका अध्यक्ष प्रकाश रन्काले जानकारी दिनुभयो ।No description available.

उहाँका अनुसार महोत्सवमा झुमा डान्स ग्रुरुप र कमलदह डान्स ग्रुरुपको पनि बेजोड प्रस्तुति रहने छ । सबैको रोजाइमा रहनु भएकी नायीका रेखा थापाको प्रस्तिुति रहने हुँदा आज अन्य दिनभन्दा महोत्सव विशेष हुने उहाँले बताउनुभयो ।

समृद्ध पूर्वि रुकुमको आधार कृषि पर्यटन र ब्यापार भन्ने मूल नाराको साथ सदरमुकाम रुकुमकोटमा महोत्सव जारी छ । गएको चैत ३० गतेबाट रुकुमकोट स्थित रुक्मिणी माविको मैदानमा सञ्चालन भइरहेको महोत्सवमा दर्जन बढी राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुति राखी सकेका छन । दिनहुँ जसो फरक प्रस्तुति पस्कने स्थानीय कलाकारले पनि महोत्सवको गरिमा बढाएको आयोजकले बताएको छ ।

मस्त संगित सङग्राहलय तथा ट्रेनिङ सेन्टर रुकुम पूर्वको आयोजना र सिस्ने गाउँपालिकाको प्रबर्द्धनमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सबमा उपस्थित भई भरपुर मनोरञ्जन लिन कार्यक्रमका संयोजक लखन स्वारले सबैमा आग्रह गर्नु भएको छ ।

Facebook Comments