होलेरी, ९ बैशाख । रुन्टीगढी गाउँपालिका वडा नं. १ रोल्पाले पनि पूर्णखोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ । “स्थानीय स्वामित्व र सहभागीता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ बैशाष ८ गते पूर्ण खोप सुनिश्चितता वडा घोषना सम्पन्न भएको हो ।
जन्मेदेखि १५ महिना सम्म प्रत्यक शिशुलाई कुनै खोप नछुटाई नियमित खोप लगाउने प्रक्रियालाइ पुर्ण खोप भनिन्छ । सोही अनुरुप वडा नम्बर १ का सबै बालवालिकालाई नछुटाई खोप पुरा दिएको हुदा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषना गरिएको हो । खोज र खोप अभियान अनुसार छुटेका २ बालबालिकालाई पनि खोप दिएपछि पुरा खोप वडा भएको घोषणा गरिएको हो ।
वडा खोप समन्वय समिति लिबाङ्गी आप रोल्पाको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष थम बहादुर घर्तीको अध्यक्षता तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यता यवंम रुन्टीगढी गाउँपालिका जनस्वास्थ्य संयोजक गणेश बुढाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
वडा सचिब पदम रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधी ,स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका, आमा समुह, महिला समुह , पत्रकार तथा स्थानीयहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण राङजात आधारभुट स्वास्थ्य केन्द्रका इनचार्ज दिल्ली वलीले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
