• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा खुला भाषण प्रतियोगिता हुँदै




बिष्णु गाेराथोकी
दाङ, ९ बैशाख । प्राज्ञिक विद्यार्थी परिषद् घोराही नगर इकाईले विभिन्न शीर्षकमा कार्यक्रम गर्ने भएको छ । परिषद नेपालका प्रमुख राष्ट्रिय कार्यक्रम अन्तर्गत प्राज्ञिक बिद्यार्थी दिवसको अबसरमा बैशाख १८ गते घाेराही उपमहानगरपालिका १५ तुलसीपुर चाेकमा खुला भाषण प्रतियोगितामाकाे आयाेजना गर्ने भएको हाे ।

शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा , नेपालको समृद्धिको आधार , सांस्कृतिक आक्रमण , रोजगारको अवस्था एवं प्रतिभा पलायन , सामाजिक पहरेदारको भुमिकामा विद्यार्थी शक्ति, भ्रष्टाचार नियन्त्रणमा युवाको भूमिका ,दुर्ब्यसन नियन्त्रणमा युवाको भुमिका शीर्षकमा रहेर बिचार राख्नुपर्ने छ ।

सहभागीहरुले आफुलाई सहज हुने जुनसुकै विषयहरुमा बिचार राख्न सक्नेछन । प्रथम, दाेस्राे, तेश्रो बिजेतालाई क्रममा १५००,१००० र ५०० सहित आकर्षक पुरस्कारले सम्मान गरिने मनिष बन्जाडेले जानकारी दिनुभएको हाे ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भएको दिनलाई विद्यार्थी दिवसको रुपमा मनाउदै आएका छ ।

Facebook Comments