• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्टाफ र जब पाउनको लागि एक सजिलो माध्यम दाङ जब सेन्टर




केही हदसम्म भएपनि बेरोजगारी समस्याको समाधानको लागि दाङ जब सेन्टर ले विगत २ वर्षदेखि दाङको घोराहीमा रहेर सेवामूलक कार्य गर्दै आइरहेको छ।

उक्त जब सेन्टरले विशेष गरी जिल्लाभित्र रहेका वा बसोबास गर्ने बेरोजगार रहेको व्यक्तिहरुलाई रोजगारदातासँग जोड्ने काम गर्दै आएको छ।

जसले गर्दा बेरोजगार रहेका व्यक्तिहरूले आफ्नो क्षमता, योग्यता, सीप र अनुभव अनुसार जब पाउन बजारमा भौतारिन परेको छैन र रोजगारदाताहरुलाई पनि आफूलाई आवश्यक भए अनुसार स्टाफ पाउन सहज भएको छ।

यस जब सेन्टरले विशेष गरी दाङमा रहेका विभिन्न उद्योग, फ्याक्ट्री, कम्पनी, संघ- संस्था , स्कूल/कलेज, हस्पिटल, होटल /रेस्टुरेन्ट, पसलहरु लगायत अन्य विविध ठाउँ हरुमा रोजगारदातासँग समन्वय गरी बेरोजगार रहनु भएका व्यक्तिहरुले रोजगार पाउनको लागि सहज वातावरणको सिर्जना गरेको छ।

जब सेन्टरका संचालक भिम कुमार  रावतले भनुहुन्छ :- हामीले मात्र पूर्णरुपमामा बेरोजगारी समस्या समाधान गर्न सम्भव त छैन । यसको लागि सरकारले केहि कदम चाल्नुपर्छ, नेपालमा पद र श्रम अनुसार उचित तलब/पारिश्रमिक नहुँदा अधिकतम युवा युवतीहरु वैदेशिक रोजगारमा जान बाध्य हुनुहुन्छ । अब यस समस्याको समाधानको लागि पहिलो पाइला टेकेका छौं , हाम्रो सेवाग्राहीहरुको सन्तुष्टि नै हाम्रो सफलता हो त्यसैले विश्वासको साथ सेवा गर्ने अवसर दिन सबै रोजगारदाता र बेरोजगार हुनुभएका व्यक्तिहरूलाई हार्दिक अनुरोध गर्दछौं।

दलित जात भएको कारण केही रोजगारदाताहरुले Interview मा reject गर्नुहुन्छ, जब भ्याकेन्सी भन्दा धेरै बेरोजगार व्यक्तिहरू हुनुहुन्छ, श्रम र पद अनुसार उचित तलब हुँदैन तर बेरोजगारी समस्याले गर्दा न्यूनतम तलबमा काम गर्न बाध्य छन् इत्यादि जब सेन्टर संचालक गर्दै गर्दा यस्ता चुनौतीहरु झेल्दै आएको संचालक रावातले बताए ।

उहाँले जब सेन्टरको कार्यालय वा मोबाइल नम्बर ९८६६९१८४७२, ९८२२८९६८०७ मा सम्पर्क गर्न अनुरोध समेत गर्नुभएको छ ।

Facebook Comments