• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसईई दिएका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम




घोराही । दाङको घोराही –१६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजमा निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्य तथा राप्ती इञ्जिनियरिङ कलेज दाङको समन्वयमा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गरिएको हो ।May be an image of 6 people, lighting and dais

राप्ती इञ्जिनियरीङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गिरीले स्थानीय १६ नं. वडाका विद्यार्थीहरुको लागि खाली समयलाई सदुपयोग गर्नको लागि कलेजले यो अवसर प्रदान गरेको र यो अवसर सबै जनाले फाइदा लिनुपर्ने बताउनुभयो । May be an image of 5 people and daisउहाँले कम्प्युटर एक प्राविधिक शिक्षा भएकोले यो शिक्षा जुनसुकै कार्य गर्नका लागि अति आवश्यक शिक्षा भएकोले सबैको पहुँज पु¥याउनको लागि कार्यक्रमको आयोजना गरिएको कुरामा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उप—प्राध्यापक निमबहादुर डाँगीले कम्प्युटर शिक्षाले विश्वलाई दो¥याउने भएको हुँदा विभिन्न किसिमका कोर्षहरु मध्य कम्प्युटर बेसिककोर्ष पनि अतिआवश्यक र अनिवार्य रहने भएकोले सबै जना अनुशासितभई राम्रोसंग तालिम लिनआग्रह गर्नुभयो । उहाँले कुनै पनिकोर्ष सिक्नको लागि सबै भन्दा पहिले सा—साना कुराहरुको बारेमा जान्न जरुरी हुने भएकोले यस तालिमबाट प्रदान गरिने शिक्षालाई आत्मसाथ गरी सबैले सहि सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।

May be an image of 2 people, speaker and dais
कार्यक्रमका विशिष्ट अतिथि घोराही उप—महानगरपालिका १६ नं. वडा अध्यक्ष ताराबहादुर डाँगीले वडाबासीहरुको लागि निःशुल्क कम्प्युटर तालिमको समय व्यवस्थापन गरिदिएकोमा कलेज परिवारलाई धन्यबाद दिनुभएको दिँदै यो अवसरको उच्चतम सदुयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।May be an image of 3 people and dais

कार्यक्रममा कलेजका निर्देशक मधुसुदन बैद्यले राप्ती इन्जिनियरीङ कलेज घोराही दाङमा घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्यमा निःशुल्क कम्प्युटर तालिमआयोजना गरेर समाजिक उत्तरदायित्व बहनगर्न लागेको बताउनुभयो ।May be an image of 5 people

कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमकोे सहजीकरण विसिए विभागिय प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।

 

Facebook Comments