• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अग्निपीडित घरमा बंगलाचुलीका उपाध्यक्ष जिसी




दाङको बंगलाचुली गाउँपालिका वडा नं. २ र वडा नं. ५ का अग्निपिडितलाई बंगलाचुली उपाध्यक्ष भक्त बहादुर जिसिको नेतृत्वमा खाद्यान्न बुधबार हस्तान्तरण गरिएको छ ।

बंगलाचुली गाउँपालिका २ पाखापानी कमला बिकको र वडा नं. ५ रोकिन डाडाका भानु थापाको घरमा गत ४ गते आगलागीबाट पुर्ण रूपमा जलेर नस्ट भएको थियो भने
आगलागी बाट कुनै मानवीय क्षेती भने भाको थिएन ।

घर भित्र रहेको सम्पुर्ण लत्ताकपडा र खाद्यान्न सम्पुर्ण सरसामान नस्ट भएको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले जानकारी दिनु भयो।

आज बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसि, नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य जित बहादुर वलि,  नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वलि लगायत अग्नि पीडितलाई राहत दिन घटना स्थलमै पुगेका थिए ।

राहत सामग्रीमा चामल , दाल, नुन , स्वाईबिन , खाने तेल र चिउरा लगायतका खाद्यान्न घर पीडित परिवारलाई राहत सहयोग गरेका छन् ।राहत लिदै अग्नि पीडितले प्रसंसा गर्दै धन्यवाद दिएका थिए।

उक्त खाद्यान्न दाङ क्षेत्र नं २ (१)का संसद माननीय राजु खनाल, बंगलाचुली गापाका उपाध्यक्ष भक्त बहादुर जिसि, नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य जित बहादुर वलि , नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वलि, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका सचिब चेत प्रसाद डांगि, दाङ जिल्ला उधोग बाणिज्य संघ बंगलाचुली शाखाका अध्यक्ष रुक प्रसाद पुलामि नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका वडा नं. ५ का सभापति केशब जिसि, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका वडा नं.४ का उपसभापति बिक्रम डांगि र नेपाली काङ्ग्रेसका सकृय सदस्य टेक बहादुर पोख्रेलले गर्नु भएको थियो ।

Facebook Comments