• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा आजदेखी १ महिने काष्टकला पुनर्ताजगी तालिम सुरु




दाङ, ५ बैशाख । घोराहीमा आजदेखी १ महिने काष्टकला पुनर्ताजगी तालिम सुरु भएको छ । घोराही उपमहानगरपालिका अन्तरगत रहेको पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाको आयोजना तथा दाङ हस्तकला संघ घोराही शाखाको सहजिकरणमा आजदेखी सुरु भएको तालिम आगामी जेठ ५ गतेसम्म चल्ने छ ।

संघका अध्यक्ष असोक थारुको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन् कार्यक्रममा पालिकाको पर्यटन संस्कृति उपसमितीका संयोजक तथा वडा नंम्वर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, घोराही २ का वडा अध्यक्ष चित्रबहादुर चौधरी, पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डा. लोकराज पराजुली, पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाका कर्मचारी राधा भट्टराई, रेडियो मध्यपश्चिमका सम्पादक छवी पुरीले बोल्नु भएको थियो ।

८ जना सहभागि रहेको तालिमको प्रमुख प्रशिक्षकमा प्रमोद श्रेष्ठ रहनु भएको छ । प्रशिक्षार्थिहरुमा काष्टकला सम्बन्धि काम गर्र्दै आएका सुशिल घर्ति, डम्बर नेपाली, रिता घर्ति, रितिक नेपाली, सौरव नेपाली, समिर नेपाली, रामप्रसाद चौधरी र विमोचन चौधरी रहनु भएको छ । संघका सल्लाहाकार संस्कृतविद् डा. गोविन्द आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ।।

Facebook Comments