घोराही / दाङको घोराही -१५ मा रहेको भिएन स्कूल एण्ड कलेजमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई विदाइ गरिएको छ ।
कलेजमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा सोमबार विद्यालयकै प्रांगणमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।
विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्रा पुजा खड्काको सभापति एवं विद्यालयका प्रवन्ध निर्देशक द्रोण खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खड्काले यो दुई वर्षको समयमा भएका राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताए ।
उनले विदाइ हुनु भनेको तह पारगर्नु भएको भन्दै विद्यार्थीले आगामी दिनमा अझै मेहनत र संघर्ष गर्नुपर्ने कुरामा जोड दिए । भिएनलाई भिएन जस्तै बनाउन आफूहरुले योजनावद्द तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि खड्काले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ(आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।
त्यस्तै उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई शुभकामना मन्तव्य दिँदै विदाइ हुनु एक नरमाइलो क्षण महसुस हुने भएतापनि त्यो आफैमा महत्त्वपूर्ण रहने बताए । उनीहरुले यही बैशाख २६ गतेदेखि सुरुहुने कक्षा १२ परीक्षा विद्यार्थीहरुले मेहनतका साथ अनुशासन भएर दिनुपर्ने कुरामा जोड दिए । उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र यो दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूले भनाइ थियो ।
कक्षा १२ का छात्र समीर जिसीले विदाइ मन्तव्य राख्दै पछिल्लो दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमुल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताए । उनले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनक लागि महत्त्वपूर्ण योगदानमा सहयोग पुर्याउने र विद्यालयको सिर सधै उचो बनाउने कुरामा जोड दिए ।
कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले फरकफरक नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक रामजनम चौधरी, विद्यालयकी सह-प्रध्यानाध्यापक शारदा बहकरी, विद्यालयका प्लसटुका संयोजक भोला प्रसाद डाँगी, शिक्षक केशव गौतम, अर्थशास्त्र शिक्षक किशोर खड्का, शिक्षिका लक्ष्मी,शिक्षक भरत गिरी, अंग्रेजी शिक्षक हुकुम जिसी, लगायतको आतिथ्यता रहेको थियो ।
कक्षा ११ का व्यवस्थापन संकायका छात्र तथा कार्यक्रम व्यवस्थापक सुशील विकको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा ११ शिक्षा संकायतर्फकी छात्रा सिर्जना वेल्वासेले गरेकी थिइन् ।




सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
