• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गापा १ नं. वडामा घटना दर्ता सप्ताह उद्घाटन कार्यक्रम सम्पन्न




बैशाख ४ दाङ/ ब्याक्तिको कानूनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीको लागि घटना घटेको ३५ दिन भित्रै अनिवार्य आफ्नो वडा कार्यालयमा गई ब्यक्तिगत घटना दर्ता गरौं, गराऔं भन्ने मुल सन्देशका साथ आज बंगलाचुली गाउँपालिका वडा नं १ बाट घटना दर्ता सप्ताह कार्यक्रम उत्घाटन गरिएको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर (सुवास) ले कार्यक्रमको उत्घाटन गर्नु हुँदै व्यक्तिले कानूनी मान्यता पाउन, राज्यको सेवा सुविधा प्राप्त गर्न तथा राज्यको निति निर्माणमा सघाउ पुर्‌याउन घटना दर्ता अनिवार्य हुने भएकोले घटना घटेको ३५ दिन भित्रै घटना दर्ता गर्न सबैलाई आह्वान गर्नु हुँदै कर्मचारी तथा जनप्रतिनिधीहरुलाई घटना दर्ता सम्बेदनशिल र अपरिहार्य रहेकोले विशेष चासोका आ-आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गर्नु भयो ।

१ नं. वडा सचिब टोपेन्द्र वलीको स्वागत मन्तब्य बाट सुरु भएको भएको घटना दर्ता सप्ताह उत्घाटन कार्यक्रम वडा अध्यक्ष बिष्णु कवर को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्य, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, वडाका जनप्रतिनिधीहरु, वडा अन्तर्गतका टोल विकास समितीका अध्यक्ष तथा प्रतिनिधीहरु र वडा तथा पालिका कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो । त्यसैगरी आजै २ नं वडा कार्यालयमा पनि वडा अध्यक्ष मैते पुन मगरको अध्यक्षता तथा पालिका अध्यक्ष तुल्सीराम पुन मगरको प्रमुख आतिथ्यतामा घटना दर्ता सप्ताह कार्यक्रम सम्पन्न भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्यले जानकारी दिनु भयो

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख कमल कवर मगर को सहजिकरण रहेको घटना दर्ता सप्ताह कार्यक्रममा र्‌याली गरी बजार परिक्रमा पनि गरिएको थियो ।

Facebook Comments