घोराही, २ बैशाख /स्वच्छ नेपाल दाङले नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदान सँगै आगामी दिनमा गर्ने कामहरुको बारेमा छलफल गरेको छ । नयाँ बर्षको शुभकामना आदानप्रदान गर्दै सामाजिक जागरणका कार्यक्रमहरुलाई गाउँतह सम्म प्रभावकारीरुपले लैजाने बिषयमा छलफल गरेको हो । बंगलाचुली गाउँपालिकाको उजा मन्दिरमा एक कार्यक्रमको आयोजना गरि स्वच्छ नेपाल दाङले शुभकामना आदान प्रदान गरेको हो । स्वच्छ नेपालका अध्यक्ष विन्दु गिरीको अध्यक्षता एवं प्रदेशसभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यता र संस्थाका बरिष्ठ सल्लाहकार सावित्रा रानाको बिशिष्ट आतिथ्यतामा शुभकामना आदानप्रदान गरिएको कोषाध्यक्ष ममता बिष्टले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शुसिला पौडेल, संजीता गौतम, ममता बिष्ट, जिवा भुसाल, निरन्जना घिमिरे लगाएतले २०८० सालमा थप प्रभावकारी कामहरु गर्न योजना बद्ध ढंगले अघि बढ्नु पर्ने बताउनुभयो । स्थानिय सरकार सँगको सहकार्यमा सामाजिक क्षेत्रको रुपान्तरणका लागि संस्थालाई थप क्रियाशिल बनाएर लैजाने अध्यक्ष गिरीले बताउनुभयो । बिषेशगरी बाताबरणको क्षेत्रमा काम गर्दै आएको र यस बाहेक महिला, बालबालिका र युवाहरुको क्षेत्रमा पनि सचेतना मूलक कार्यक्रमहरु गर्दै आएको उहाँको भनाई छ । बाताबरण स्वच्छ भए मात्रै मानव जीवन स्वस्थ हुने भएकाले सबै नागरिकहरुलाई यसको महत्व र आबस्यकता बुझाउदै गाउँ केन्द्रित कार्यक्रमहरु चलाउने योजना रहेको उहाँले बताउनुभयो । त्यसैगरी बाबालिकाहरुलाई पोषण, महिला हिंसा नियन्त्रण र महिला शसक्तिकरण एवं युवाहरुलाई लागु औषध दुव्र्यसनीबाट बचाउने खालका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा थप प्रभाबकारीरुपले कार्यक्रमहरुलाई अघि बढाउने उहाँको भनाई छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
