रोल्पा / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपाल रुन्टीगढी गाउँपालिकाको अध्यक्षमा क्षितिज पुन पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।
वाईसीएल नेपाल रुन्टीगढीले गाउँपालिकाका विभिन्न वडास्तरीय सम्मेलनहरु सकेर हिजो बिहीबार पालिकास्तरको दोश्रो सम्मेलन रोल्पाको होलेरीमा सम्पन्न गरेको हो । उक्त सम्मेलनले पुनलाई पुनः अध्यक्षको पदको जिम्मेवारी दिन सबैको सहमति जुटेको छ । पुन यस अघि पनि पहिलो सम्मेलन बाट अध्यक्ष नै रहदै आएका थिए । पुनको हरेक गलत प्रवृत्तिका विरुद्ध बोल्न सक्ने र खबरदारी गरिराख्ने एक साहसिक युवा मात्र नभएर सामाजिक सेवामा पनि उत्तिकै परिचीत छन् । उनको एउटै गुण हो खराबलाई खराब,सहिलाई सहि, त्यो आफ्नो संग सरोकार राख्दैन । त्यसैले फेरि पनि रुन्टिगढिमा वाइसीएलको नेतृत्व उहाँले नै पाउनुपर्छ सहभागीहरुको भनाई थियो ।
अध्यक्ष पुनले सबैको हौसला र आशीर्वादले फेरि जिम्मेवारी दिएकोमा धन्यवाद दिदै आगामी दिनहरुमा थप उर्जा लिएर भुइँ मान्छेहरुको प्रतिनिधित्व गर्दै रुन्टिगढिलाई समृद्ध बनाउन स्थानीय सरकारलाई झकझक्याउने र हरेक गलत निर्णयका विरुद्ध खबरदारी गर्न क्रान्तिकारि युवाहरूको बिशाल संगठन रुन्टिगढिमा हुन आवश्यक रहेको बताए। जनताको गुनासो सुन्नुको सत्ता मनपरी ढंगले स्थानीय सरकार चलेकोले खुला प्रतिपक्षी भुमिका अवको वाईसीएलले खेल्ने उनको भनाई थियो ।
वाइसीएल रुन्टीगढीका इन्चार्ज निराजन घर्तीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा प्रमुख अतिथि माननीय लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन ( सिजल ) नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति अध्यक्ष गुनेन्द्र घर्ती, लुम्बिनी प्रदेश सदस्य गोबिन्द पुन ( नजर ) रोल्पा जिल्ला वाइसीएल इन्चार्ज बिशाल, वाइसीएल नेपाल केन्द्रिय सदस्य दिपक मगर,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
