१ बैशाख, दाङ- दाङमा सवारी दुर्घटनामा परी तीन जना गम्भिर घाइते भएका छन् । फरकफरक दुर्घटनामा परी तीन जना गम्भिर घाइते भएका हुन् । घाइते हुनेमा तुलसीपुर–१४ का २३ वर्षिय सुगम चौधरी, तुलसीपुर उपमहानगरपालिका–७ खरचुवा निवासी १८ वर्षीय करण गिरी र स्कुटीमा सवार तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी १९ वर्षीय कविन बुढाथोकी रहनुभएको छ ।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ५ प ३८९६ नम्बरको स्कुटी गएराती साढे १ बजेतिर दंगिशरण गाउँपालिका वडा नम्बर ६ मिरौलीमा आफै अनियन्त्रित दुर्घटनाहुदा चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका–७ झुमर्रेस्थित तुलसीपुरबाट खर्चुवा तर्फ जाँदै गरेको रा ७ प २०६२ नम्बरको स्कुटर आईसक्रिमको ठेलामा ठोक्किन जादा अनियन्त्रीत भई पल्टिदा करण गिरी र कविन बुढाथोकी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।
घाइते गिरी र बुढाथोकीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ भने अर्का घाईते चौधरीको सोही अस्पतालमा उपचार भैरहेको छ ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
