• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
त्रिवेणी गाउँपालिकामा सुरक्षित खानेपानी समुदाय घोषणा




अमृत वली
वैशाख १   रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पामा सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर २ को हलङ्गा , राईवाङ टोल वडा नम्बर ३ को लिङदुङ बजार र वडा नम्बर ६ को मजुवा टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो ।

गाउँपालिकामा रहेको सरोकारवाला निकाय स्थानीय तहले अनुगमन गरी एक औपचारिक कार्यक्रमको आयोजना गरेर बस्तीहरूलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेको थियो । यी बस्तीमा केही समयअघि ‘एक घर एक धारा’ निर्माण भए भएको थियो । तत्पश्चात् पानीमा शुद्धताको परीक्षण गरी सुरक्षित खानेपानी समुदाय घोषणा भएको हो ।

युनिसेफ नेपालको आर्थिक सहयोग, हुरेक नेपालको प्राविधिक सहयोग र त्रिवेणी गाउँपालिकाको समन्वय तथा सञ्चालनमा चारवटा बस्तीमा कार्यक्रम सम्पन्न भएको थियो । २७५ घरधुरीका करिब ११ सय २१ जना जनसंख्या भएको समुदायमा सुरक्षित खानेपानीको पहुँच पुगेपछि सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको कार्यक्रम फोकल पर्सन हिमकर वलीले बताउनुभयो ।

विगतका वर्षहरूमा यहाँका स्थानीयलाई खानेपानी खान घण्टौंको बाटो पैदल हिँडेर खोला वा नालाको दुषिद पानी उपभोग गर्न बाध्य रहेका थिए । स्थानीय सरकारको पहल विभिन्न संस्थाहरुको सहयोगमा ‘एक घर एक धारा’ को कार्यक्रम गरेपछि सफा–स्वच्छ पानी उपभोग गरिरहेको त्रिवेणी गाउँपालिका–२ का स्थानीय केशब बुढाले बताउनुभयो ।

सुरक्षित खानेपानी घोषणा कार्यक्रममा उपस्थिति अतिथि तथा सहभागीले एक–एक गिलास पानी खाई सुरक्षित पानी प्रयोग गर्यौं भनेर घोषणा गरेका थिए ।‘घर–घरमा धाराबाट स्वच्छ खानेपानी खान पाउँदा निकै हर्षित भएका छौं । विशेष गरेर हामी महिलाले महिनावारी भएको समयमा पानीको जोहो गर्न हाहाकार हुने गर्थ्यो ’, त्रिवेणी गाउँपालिका –२ रुपा विक भन्नुहुन्छ– ‘खोला, नालाको फोहोर पानी खाँदै आएका थियौं, अहिले आँगनमै सफा पानी आउन थालेपछि ती पीडाका दिन हटेको छ ।

गाउँपालिकाका–७ वडाका विभिन्न बस्तीमध्ये सबैभन्दा बढी खानेपानीको समस्या भएको हुँदा युनिसेफ नेपाल ,हुरेक नेपाल र पालिकाको पहलमा एक घर एक धारा निर्माण गरिएको एक वर्षसम्म नियमित खानेपानी सञ्चालनमा आएपछि तीनपटक खानेपानीको परीक्षण गर्दा सुरक्षित रहेको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले बताउनुभयो ।

Facebook Comments