बालाराम शेर्पाली
रुकुमपूर्व / नेकपा माओवादी ( केन्द्र ) काे भातृ संगठन नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व भूमे गाउँपालिकामा प्रथम सम्मेलन बुधबार समापन गरिएको छ। उक्त सम्मेलनबाट नेपाल दलित मुक्तिमोर्चा रुकुम पूर्व भूमे गाउँपालिकाकाे अध्यक्षमा हर्क बहादुर बिक चयन हुनुभएको छ ।
उपाध्यक्षमाहरुमा श्यामसर सुनार र आशा सुनार रहनुभएकाे छ । सचिवमा ओम प्रकाश बिक र सह सचिवमा शिसिर सुनार चयन हुनुभएको छ । एक उपाध्यक्ष र कोषाध्यक्ष भने अर्काे बैठकमा थप गर्ने निर्णय भएको छ।
जस्मा ३३ जना सदस्य पदाधिकारी रहनेगरी कमिटी चयन गरिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

