• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आधारभूत स्वास्थ्य इकाई उद्घाटन




बालाराम शेर्पाली
रुकुमपूर्व / रुकम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ७ गुमनानमा आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको छ । हिजो मंगलबार एक कार्यक्रमका बिच  भूमे गाउँपालिका अध्यक्ष होम प्रकास श्रेष्ठले आधारभूत स्वास्थ्य इकाईको उद्घाटन गर्नुभएको हो ।

यस अघि सम्म  रोल्पा जिल्लाको अस्पताल ठबाङमा रहेको हस्पिटल  बाट सेवा लिईरहेका गुनाम बासीलाई  अब सहज हुने भएको  छ ।  पहिला सामान्य देखि जटिल खालका  समस्या हुदा   जिल्ला अस्पताल रुकुमकोट  जानु पर्ने कित रोल्पा जिल्लाको अस्पताल ठबाङमा जानु पर्ने बाध्यता रहेको वडा नम्बर ७को अध्यक्ष सङगम रोकाले जानकारी दिनुभयो । सिटामोल खानको लागि आफु धेरै पटक  जिल्ला अस्पताल पुगेको बताउनुभयो । अब  सिटामोल खानको लागि  रुकुमकोट र रोल्पाको ठबाङ धाउन नपर्ने बाध्यता अन्त्य भएको वडा अध्यक्ष सङगम रोकाले जानकारी दिनुभएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष क्षेष्ठले अब गुनाम बासीलाइ सामान्य सिटामोल खानको लागि जिल्ला अस्पताल र रोल्पाको ठबाङ जानु पर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । यस अघि सम्म सामान्य देखि जटिल खालका समस्या हुदा पनि रुकुमकोट र ठबाङ धाउन गएरेको स्मरण गर्दै अब उक्त दिनहरुको अन्त्य भएको बताउनुभयो ।
गाउँपालिकाको सबै भन्दा विकटको वडा भएको हुँदा यस वडाका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखी जति सक्दो छिटो प्रसूती गृह पनि संचालनमा ल्याउने बताउनुभयो । सामुदायिक स्वास्थ्य इकाईबाट मङ्गलबार देखि नै सेवा सुरु भइ सकेको छ ।

वडा अध्यक्ष सङगम रोकाको अध्यक्षता रहेको कार्यक्रम जिल्ला समन्वय समितिका मेघबहादुर श्रेष्ठ भूमे गाउँपालिका अध्यक्ष होम प्रकास क्षेष्ठ , उपाध्यक्ष सबिना बुढाको विशेष आथिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र यादव सह संयोजन सन्जिब खड्का, विभिन्न राजनीतिक दलका प्रतिनिधि शिक्षक महिला स्वास्थ्य संयमसेविका लगायतको उपस्थित रहेको थियो ।

Facebook Comments