बालाराम शेर्पाली / रुकुमपूर्वको भूमे गाउँपालिकामा नेपाल दलित मुक्ति मोर्चा प्रथम सम्मेलन गरिएको छ। २१ औं शताब्दीको अग्रगामी जुझारु दलित मुक्ति समावेशी समानुपातिक सहितको संविधान कार्यन्वयनको लागि प्रथम सम्मेलन गरिएको छ।
नेपाल दलित मुक्ति मोर्चा रुकुम पुर्वका जिल्ला संयोजक हर्कविर कामीले सर्वाहारा वर्ग तथा दलित समुदाय भित्र रहेको जातीय विभेद दलित समुदायको समसामयिक मुद्दाहरु र पछिल्लो समयमा दलित समुदायहरुले जात परिवर्तन गर्नुको कारण केहो यसो हुनुमा बाध्यता हो । केहो भन्ने विषयमा रिपोर्टिङ तथा अन्तरक्रिया गरिएको छ। बताउनुभएको छ । साथै उहाले दलित समुदाय चुनावमा मात्रै चाहिने चुनाव जितेर गए पछि दलित लाइ वास्ता हुदैन त्यहिँ कारणले गर्दा हामी सर्बहारा दलित वर्गको पछाडि परेको हो कामिले भन्नु भएको छ।
नेकपा माओवादी ९केन्द्रका केन्द्रीय सदस्य तेजबहादुर ओलीले दलित समुदायहरुलाई नीति निर्माण गर्ने ठाउँ मा राज्यको हरेक अंगमा दलितको प्रतिनिधित्व हुने गरि संविधान छ । साथै दलित समुदाय भित्र पनि जातिय विभेद रहेको र विभेदको अन्त्य गर्न ठुला ठुला कार्यक्रम र भेला गर्नुभन्दा नयाँ विचार नयाँ सोच का साथ गाउँ गाउँमा अभियान चलाउनु पर्ने कुरालाई जोड दिनुभएको छ । जातीय मुद्दा र कोठा बाट केही दलितका नेताहरू माथि पुग्ने र पुगिसकेपछि दलितको मुद्दा विर्सिने कुराले पनि समस्या हुनेगरेको पनि बताउनुभएको छ ।
लिला प्रसाद सुनारको को अध्यक्षतासगै सुरु भएको नेपाल दलित मुक्ति मोर्चा भूमे गाउँ पालिका प्रथम सम्मेलन उद्घाटन समारोह मा नेकपा माओवादी ( केन्द्र )का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओली ( प्रतिक) प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै उट्घाटन समारोहमा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा नेकपा माओवादी (केन्द्र)पुथा उत्तरगंगा गाउँपालिका इन्चार्ज जितराम कामी , नेपाल दलित मुक्ति मोर्चा नवनियुक्त जिल्ला संयोजक हर्कविर कामी तथा भूमे गाउँ कार्यपालिका सदस्य भागिलाल दमाइ सदस्य लगायत दलित अगुवाहरुको उपस्थिति रहेको कार्यक्रम मा स्वागत मन्तव्य हर्कबिर कामिले ले राख्नुभएको थियोे भने कार्यक्रमको सञ्चालन दल प्रसाद बिकले गर्नुभएको थियोे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
