• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्यान जोखिम राखेर दैनिक गुजारा चलाउदै मजदुर




मधुसूदन गिरी

कमिरेचौर, २९ चैत । नेपालबाट घरपरिवारको गुजारा चलाउन दैनिक वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको छ । दाङको बंगलाचुली गाउँपालिकाबाट पनि दैनिक जसो मानिसहरू भारत लगायत तेस्रो मुलुकमा जाने गर्दछन ।तर दाङको बंगलाचुली गाउँपालिका वडा नं ४ निवासी मीन बहादुर घर्तीको कहानी फरक छ ।

दाङ जिल्लाको विकट गाउँपालिका बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को चुरे वन क्षेत्रमा एउटा कोइला खानि छ । टाउकोमा लाइट अनुहार भरि कालो कोइलाको दाग , हातमा गैटि । मीन बहादुर घर्तीको समय आजभोलि आफ्नो घरखर्च चलाउनको लागि बिहानै देखि साझ रात नपर्दासम्म कोइलाखानिको सुरुङभित्रै बित्ने गर्दछ ।

उहाँले बिगत २१ बर्ष देखि कोइला खानीमा काम गर्दै आउनुभएको छ । उहाँले कोइलाको सुरुङमै काम गरेर घर खर्च चलाउदै आउनुभएको छ । घरखर्च मात्रै हैन आफ्नो ११ बर्षको छोरालाई पढाउदै आएको बताउनुहुन्छ । ूपढाइ लेखाइ छैन । अरु जागिर जस्तो भाको भए मेरो अवकाश हुने बेला भयो तर यस्तो काममा त्यो हुने रैनछ ।  उहाले भन्नुभयो के गर्नु ज्यानको जोखिम त छ तर घरपरिवारको गुजारा चलाउनै पर्यो , छोरालाई पढाउनै परो। उहाँले मेहनत गरेअनुसार कम्पनीले पारिश्रमिक दिनुपर्ने बताउनुभयो ।

यस्तै कथा उहाको मात्रै होइन बंगलाचुली गाउँपालिका वडा नम्बर ४ कै सुब्बा राईको पनि उस्तै छ । उहाँ भने करिब २ बर्ष देखि कोइलाको सुरुङमा काम गर्न सुरु गरेको बताउनुहुन्छ । उहाँको ५ जनाको परिवार हुनुहुन्छ । र उहाँ ले बर्षको करिव ६ महिना यहि कोइलाको सुरुङमै काम गर्नुहुन्छ भने बाँकी अरु ६ महिना गाउघरमै अन्य काम गर्नुहुन्छ । बर्षको ६ महिना सिजनमा यहि कोइलाको सुरुङमै काम गर्छु । बाँकी अरु ६ महिना गाउँघरमै काम गर्छु  उहाँले भन्नुभयो ।No description available.

जमिन देखि करिब ३० देखि ५० मिटर भित्र गएर उहाँहरूले कोइला निकाल्दै आउनु भएको छ । उक्त खानिमा काम गर्ने मज्दुरहरुले मासिक ३० देखि ७० हजार सम्म आम्दानी गर्ने गरेको खानिका इन्चार्ज दामोदर खड्काले जानकारी दिनुभयो ।

खानिमा काम गर्ने अरु ३ जना व्यक्ति हुनुहुन्छ । उहाँहरुको कहानी मिनबहादुर घर्ती र सुब्बा राईको भन्दा अलि फरक छ । बंगलाचुली गाउपालिका वडा नम्बर ५ बसईका डाम बहादुर घर्ती, बंगलाचुली गाउपालिका वडा नम्बर ३ का मीन बहादुर नेपाली र उहाँकी छोरी जिबा नेपालीले सुरुङ देखि बाहिर रहेर काम गर्ने गर्नुहुन्छ । उहाँहरु पनि सिजनमा ६ महिना कोइलामै काम गर्नुहुन्छ भने अरु ६ महिना गाउँघरमै अन्य काम गर्नुहुन्छ । पहिले पढिएन पढाइ नभएपछि यस्तो काम गर्नुपर्ने रैछ। मीन बहादुर नेपालीले भन्नुभयो ।

उक्त खानिमा करिब १० देखि १५ जनाले रोजगारी पाइरहेको इन्चार्ज खड्काले बताउनुभयो ।

Facebook Comments