• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिदाइको अनुभव: `हामी फेरि भेट्ने छौं´




विशाल ओली

👉️२ बर्षको अवधीमा २ अर्बौंभन्दा धेरै यादहरु संङ्गालेको छु। तर तरपनी आज केही लेख्न खोज्यो प्रत्येक शब्द निशब्द बनिरहेका छन। मनभित्र तपाईंहरुसँग बिताएका प्रत्येक क्षणले तरंगको रुपमा अशान्ति पैदा गरिरहेका छन्। तपाईंहरुसँग बिताएका ती प्रत्येक पलमा मुस्कानको रुपमा देखिने खुसी खै आज कहाँ हराएको छ ? आज म निशब्द , एकोहोरो र एक्लो बनिरहेको छु , साथमा छ त केवल तपाईंसँगका यादहरु:
जसले अनायासै आखाको परेली भिजाउनमा मद्दत गरिरहेका छन् ।

सोध्छ मनले आखिर छुट्टिनु किन पर्छ?
फेरि सम्हाल्ने कोसिस गर्छु मिलन र बिछोडको पुल नै त हो जिन्दगी!

सम्झन्छु त्यो दिन जसमा कक्षा ११ को सुरुकै दिन नयाँ कलेज , नयाँ साथी , नयाँ ड्रेस , नयाँ उमंगको साथ भित्रीएका थियौँ। न त कसैसँग चिनजान थियो न त कसैसँग प्रेम नै । तर प्रत्येक दिनलाई छितोल्दै तपाईंहरुसँग आत्मीयता र असल साथित्वको भावना बढाउदै गयौं। फरक बिधालयबाट उद्देश एउटै लिएर भित्रीएका हामी आज एउटै बिद्यालयबाट फरक उद्देश्यको साथ बाहिरीदै छौँ।

यो दुई बर्षपनि यति छिटो बितेछ कि पत्तै भएन। अब आजदेखि हामी त्यो कलेज जादैनौँ , त्यसरी सङै त्यो बेन्चमा बस्दैनौँ , साथिहरुसँग त्यसरी हास्ने रमाइलो गर्न चाहेर पनि सक्दैनौँ , त्यो क्यान्टिनमा गएर सँगै नास्ता खाने दिन अब कहिलैँ आउदैन। ती शिक्षकले अब हामिलाइ पढाउनु हुदैन , उहाँहरुले अब यस्तो गर भनी कहिलै अर्हराउनु हुदैन। गाली गर्नुहुदैन , त्यो कक्षामा टासिंएका सामाजिक बिषयका चित्रहरु एक्लै हुनेछन। अब इको क्लबको सूचना सम्प्रेषण गर्न म कहिले तपाईहरुको कक्षा भित्र चाहेर पनि प्रवेश गर्न सक्ने छैन! आज इको क्लबको बैठक छ है भनेर कहिलैँ भन्ने छैन। बिधालयको ड्रेसमा होलिको दिन अब फेरि त्यसरी नै रङ लगाइदिन चाहेर पनि लगाइदिने छैन। साथीहरुले म कलेज आउदैन भन्दा जसरी पनि आउनु नत्र बोल्दैन भनेर अब कहिलै भन्न पाउने छैन। विभिन्न कार्यक्रम सन्चालय गरि त्यो स्रोत केन्द्रमा रमाइलो गर्ने दिन आउने छैन। त्यो गेटबाट किताबको झोला बोकि साथीहरु सँगै अब चाहेर पनि प्रवेश गर्न सक्दैनौं। तिनै साथिहरुसँगै बिधालयबाट नगरपालिकास्तरीय कार्यक्रममा समावेश भै ती प्रमाणपत्र प्राप्त गर्न सक्ने छैनौं। ती धाराको पानी अब मिठो मानी खान पाउने छैनौं ।

ब्यवस्थापन संखायमा पढ्ने विद्यार्थीले बिद्यालय छिटो बिदा भएर पनि त्यो बसको पर्खाइमा बिताएर रमाइलो गर्ने त्यो समय पाउने छैनौँ। कलेज जाने त्यो बाटोमा साथिहरुसँग हिड्दै TikTok बनाउन सक्ने छैनौं , अब सायदै त्यो बाटोमा पहिले जसरी हिडिदैन होला को कता को कता , सायद अबको केही बर्षमा हामीमध्ये कोहि अमेरिका , अस्टे्रलिया र जापानको बाटोमा भेटिन सक्छौ तर अहँ त्यो कलेजको बाटो किताबको झोला बोकि कोहि हिड्ने छैनौं । अब पहिले जस्तो शिक्षक शिक्षिकाको त्यस्तै guide हामी कहिलैँ पाउने छैनौं। शिक्षकले बोर्डमा लेखेका कुरा अब फेरि कापिमा सार्न पाउने छैनौं। तर केवल त्यो नेपाली , अङ्ग्रेजी बिषयमा म्यामहरुले पढाउदा बोलेका ती शब्दलाइ अनुसरण मात्र गर्न सक्ने छौ।

इन्टरभलको समयमा साथिहरु सँगै त्यो बिधालयको फिल्डमा हामी हुने छैनौं।हामी पढ्ने कक्षामा अब ११ कक्षाका बिद्यार्थीहरुले बिस्थापित गर्ने छन। अब चाहेर पनि त्यो बसमा बिधालयदेखि घर सम्मको यात्रा गर्न सक्ने छैनौं , तुल्सिपुरको बिरेन्द्रचोक झर्ने बिद्यार्थी अब चाहेर पनि बिजौरी सम्मको यात्रा तय गर्न सक्ने छैनौँ। साथिसँग गृहकार्य गरेको छस भनी सोध्ने , नोट सार्ने काम गर्न पाउने छैनौं। मात्र अब ती यादमा जिन्दगी बिताउन सकिने छ।

सबै साथिहरु यो लामो जिन्दगीको यात्रामा कहाँ, कुन कुनामा पुगिने हो खै आज सम्झदा पनि नरमाइलो लाग्छ।

यो २ बर्षको अबधिमध्ये १ बर्षभरि मेरो खासै चिनजान कसैसँग भएको थिएन। जब हामिले हाम्रो दाइ दिदिलाइ बिदाइ कार्यक्रम गरेयौँ त्यही दिनदेखी सम्पुर्ण साथिसँग सहकार्य गरि सम्बन्ध सुमधुर बनाउदै गयौं। मलाई जहाँ सम्म लाग्छ मैले कहिले पनि यो २ बर्षको अवधिमा कुनै पनि साथिलाइ चोट पुर्याउने कार्य कहिले गरेन। तर थोरै केही क्लबको नेतृत्व लिएकै कारण बारम्बार सुचना सम्प्रेषण गर्न आउदा कतिलाइ दिक्क लागेको थियो होला तर अब हजुरले चाहेर पनि म आउने छैन। भनिन्छ सँगै बस्यो भने लात्ती लाग्छ रे त्यसैले यो २ बर्षमा पनि मबाट नजानेर र भुलमा कसैको दिलचित्त दुखाएको थिए भने पनि अन्जानमा भएको गल्ती सोची माफ गरिदिनु। मेरो तपाईहरुसँग रिसाउने र चित्त दुखाउने मनसाय कहिलैँ रहेन।

साथै बिधालयको शिक्षक शिक्षिकालाइ पनि यो २ बर्षको अवधीमा कहि न कहि केहि दु:ख दिएका थियौं होला तर आफ्नै सन्ततिले गरेको गल्ती सम्झी माफी गरिदिनु।
गुरु जजुर कलेजले मलाई धेरै कुरा सिकाएको छ त्यही अवसर प्रदान गरेको छ। कयौं ठुला जिल्लास्तरीय कार्यक्रममा सहभागी गराइ ठुलो पुरस्कारको भागेदार भनाएको थियो। इको क्लबको अध्यक्ष बनी सक्दो केही नयाँपन बिधालयलाइ दिने जमर्को पनि मैले गरिरहेकै थिए। खै के कति गर्न सक्षम रहे तर जे जति गरे बिधालयको लागि नै गरेको थिए।

हामीले जिन्दगीको एउटा यात्राको अन्त्य गरेका छौँ । अब नयाँ यात्राको सुतुवात गर्नुछ। यो यात्रामा सङै पढेको, लेखेको, घुमेको साथ छुटेको तर हामीबिचको सम्बन्ध र आत्मीयता होइन।

जे होस राम्रो गर्नु उज्वल भबिस्यको कामना , कहिलै मलाई नबिर्सनु त्यो साथ नभुल्नु हामिले गरेका ती वात नभुल्नु सबैलाई आउदै गरेको बोर्ड परिक्षाको भब्य सफलताको कामना!! जिन्दगी भर नभुल्नु है।

सबै साथिसँग चाहेरपनि फोटा खिच्न नपाएको हुन सक्छु। आशा गरौं ।

हामी फेरि भेट्ने छौं
हामी फेरि भेट्ने छौं😊!!

नाम-विशाल ओली
ठेगाना- तुल्सिपुर -7 पर्सेनी दाङ्ग
कलेज – गुरु जजुर माध्यमिक बिद्यालय

Facebook Comments