• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरमा यादव विद्यार्थीद्वारा खेलकुद कार्यक्रम सुरु, समुदायको पहिचान जोगाउनु पर्नेमा जोड




श्रवण कुमार यादव
दाङ । राजपुरमा यादव विद्यार्थी संघद्वारा खेलकुद कार्यक्रम हिजो मंगलबारबाट शंकर मावि खरदरियाकाे खेलमैदानमा विधिवत रूपमा उद्घाटन गरि सुरु भएको छ।

यादव विद्यार्थी संघ केन्द्रिय कार्यालय गढवा देउखुरी दाङका अध्यक्ष सुदिप कुमार यादवकाे सभाध्यक्षतामा भएको मेलमिलाप, विभिन्न खेलकुद र सांस्कृतिक उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका संस्कृति, पर्यटन तथा उद्योग मन्त्री श्री जानकी प्रसाद यादव ज्यूले आफ्नो सौभाग्य रहेको वताउनुभयो। उहाँले आजको यो कार्यक्रमले एउटा इतिहास बनाउने काम भएको बताउनुभयो। यादवले खेलकूद, कलासंस्कृति, विकास कार्यक्रमको सधैं सहयोग र हौसला गर्ने बताउनुभयो ।

मन्त्री यादवले कार्यक्रममा यादव समुदायका महिलाहरुको जोस, उमङ्ग, नृत्य, सांस्कृति र उपस्थिति देखेर गर्व महसुस गर्नु भएको छ। उहाँले जबसम्ममा आफ्नो समुदायको महिलालाई आगाडी नबढाएसम्म आफ्नो समाज परिवर्तन नहुने बताउनुभयो। उहाँले यादव समुदाय कुनै अछुता समाज नरहेको बताउनुभयो किनकी यादवलाई अरु भन्दा उच्च जाती मानिन्छ। यादव जातिमा अझैसम्म ९० प्रतिशत शुद्ध शाकाहारी रहेको छ तर १०% नयाँ जनरेएसन बिग्रिएको छ त्यसलाई सुधार्न यादव सामुदायीक महिलाको ठुलो भुमिका रहेको बताउनुभयो।

नयाँ वर्ष २०८० सालको पावन अवसरमा यादव विद्यार्थी संघले राखेको कार्यक्रमको लक्ष्य आफ्नो पहिचान, परम्परा, भाषा र साहित्य, कलालाई दिनप्रति दिन लोप हुँने भएकोले यसलाई जोगाउन र अगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको अध्यक्ष सुदिप यादवले बताउनु भयो ।

कार्यक्रममा गोबिन्द ओली, हुकुम राज यादव, प्रदेस सभा सदस्य माननीय श्री अनुराग खडका, नेपाल अवधि संस्कृति संरक्षण प्रतिष्ठानका सचिव राम कुमारी यादव, सहदेव यादव, विनय विसी, शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक प्रसाद यादव, नेपाल अवधि संस्कृति संरक्षण प्रतिष्ठानका उपाध्यक्ष गिता यादव, दया राम यादव, वडा नं २ का वडाअध्यक्ष ओम प्रकाश यादव, वडा नं ३ का वडाअध्यक्ष तथा यादव समाज सेवा संघका उपाअध्यक्ष राम प्रसाद यादव, यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादव, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादव, राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार यादव लगाएतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

शुभकामना दिँदै प्रतियोगिता खेलाडीहरुको लागि महान उत्सव भएको तथा यसले यादव समाजको परिवारलाई गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्नेमा जोड दिइएको बताउँदै नयाँ बर्ष २०७९ सालको शुभकामाना दिनुभएको थियो। खेलकुदका संयोजक कृष्ण कुमार यादवको स्वागत मन्तब्यबाट उद्घाटन भएकोे कार्यक्रमको सहजीकरण यादव विद्यार्थी संघका सचिव चन्द्रभान यादवले गर्नुभएको थियो।

यादव विद्यार्थी संघ केन्द्रिय कार्यालय गढवा देउखुरी दाङद्वारा २०८० सालको पावन अवसरमा आयोजित समुद्घाटन कार्यक्रममा यादव समाज सेवा संघ दाङ, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र नेपाल ईन्द्र फाउन्डेसनकाे आर्थिक सहयोगद्वारा रहेको छ। उद्‌घाटन समारोहमा यादव समुदायको सांस्कृति झल्किने विभिन्न किसिमको नाचगान तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा बुद्धिजीवी, पत्रकार, समाजसेवी, जनप्रतिनिधि, जेष्ठ नागरिक, शिक्षक शिक्षिका र स्थानीय अवधि भाषाका कलाकारहरु लगायतका उपस्थिती रहेको थियो।

Facebook Comments