• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दलित मुक्ति माेर्चा रुकुमपूर्व सिस्नेको प्रथम सम्मेलन सम्पन्न 




नेकपा माओवादी ( केन्द्र ) काे भातृ संगठन नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व सिस्ने गाउँपालिका प्रथम सम्मेलन तथा उद्घाटन समारोह सम्पन्न भएको छ । २१ औं शताब्दीकाे अग्रगामी जुझारु दलित मुक्ति आन्दोलन । समावेशी समानुपातिक सहितको संविधान कार्यन्वयनकाे लागि प्रथम सम्मेलन भन्ने मुल नाराकाे साथ रुकुम पुर्वकाे सिस्ने गाउँपालिकाकाे लेक सिटी हाेटेलकाे सभा हलमा नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व सिस्ने गाउँपालिका प्रथम सम्मेलन तथा उद्घाटन समारोह सम्पन्न भएको छ ।

नेपाल दलित मुक्ति माेर्चा रुकुम पुर्वका नवनियुक्त जिल्ला संयाेजक हर्कविर कामीले सर्वाहारा वर्ग तथा दलित समुदायभित्र रहेको जातीय विभेद दलित समुदायको समसामयिक मुद्दाहरु र पछिल्लो समयमा दलित समुदायहरुले जात परिवर्तन गर्नुको कारण केहाे यसाे हुनुमा बाध्यता हाे या केहाे भन्ने विषयमा रिपोर्टिङ तथा अन्तरक्रिया गरिएको छ बताउनुभएको छ । साथै उहाले दलित समुदाय चुनावमा मात्रै चाहिने अरुबेलाला बेवास्ता भएकाे र स्थानीय चुनावमा आस्था विकलाई पार्टी भित्रैबाट विश्वास घात भएको बिषयमा पार्टीभित्र गम्भीर समिक्षा हुनुपर्ने पनि बताउनुभएको छ ।

 

नेकपा माओवादी ( केन्द्र ) का वैकल्पिक केन्द्रीय सदस्य तथा रुकुम पूर्व समुन्वय प्रमुख मेघ वहादुर श्रेष्ठले आजको व्यवस्था गणतन्त्र नेपालकाे संविधान स्थापित गर्ने कुरामा दलित समुदायको ठुलो हात रहेकाे बताउनु भएको छ । साथै उहाले समानता स्वतन्त्रता छुवाछूतकाे अन्त्य लगाएका तमाम मुद्दा माओवादी केन्द्र कै पहलमा भएको दावी गर्नुभएको हाे ।

जिल्ला इन्चार्ज तथा नेकपा माओवादी ( केन्द्र ) का केन्द्रीय सदस्य तेजबहादुर ओली ( प्रतिक ) ले दलित समुदायहरुलाई नीति निर्माण गर्ने ठाउँमा राज्यको हरेक अंगमा दलितको प्रतिनिधित्व हुने गरि संविधान बनाउने काम माओवादी केन्द्रकै पहलमा भएको दाबी गर्नुभएको छ । साथै उहाँले दलित समुदाय भित्र पनि जातिय विभेद रहेकाे र विभेदकाे अन्त्य गर्न ठुला ठुला कार्यक्रम र भेला गर्नुभन्दा नयाँ विचार नयाँ सोचका साथ गाउँ गाउँमा अभियान चलाउनु पर्ने कुरालाई जाेड दिनुभएको छ । जातीय मुद्दा र काेठा बाट केही दलितका नेताहरू माथि पुग्ने र पुगिसकेपछि दलितको मुद्दा विर्सिने कुराले पनि समस्या हुनेगरेकाे पनि बताउनुभएको छ । आस्था विकले हारेको कुरा जातीय कुरा नभई प्रविधिक तथा पाटिभित्रै अन्तर घातका पक्षधर हरुकाे हालिमुहालि भएकाले र सबैकाे कमिकम्जाेरी ले गर्दा आफुले पनि हार्नु परेकाेले यस्लाई जातीयताकाे मुद्दा काे रुपमा नलिन सबैमा आग्रह गर्नुभएको छ ।

बिष्णु परियारकाे अध्यक्षतासगै सुरु भएको नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व सिस्ने गाउँ पालिका प्रथम सम्मेलन उद्घाटन समारोह मा नेकपा माओवादी ( केन्द्र ) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओली ( प्रतिक ) काे प्रमुख आतिथ्यता रहेको मा नेकपा माओवादी ( केन्द्र ) का वैकल्पिक केन्द्रीय सदस्य तथा रुकुम पूर्व समुन्वय समिति प्रमुख मेघ वहादुर श्रेष्ठ को विषेश आतिथ्यता रहेको थियो त्यस्तै उट्घाटन समारोहमा नेपाल दलित मुक्ति माेर्चाका केन्द्रीय सदस्य तथा नेकपा माओवादी (केन्द्र) पुथा उत्तरगंगा गाउँपालिका इन्चार्ज जितराम कामी , नेपाल दलित मुक्ति माेर्चा लुम्बिनी प्रदेश सदस्य गणवहादुर विक , नेपाल दलित मुक्ति माेर्चा नवनियुक्त जिल्ला संयाेजक हर्कविर कामी तथा कार्यपालिका सदस्य वडा सदस्य लगायत दलित अगुवाहरुकाे उपस्थिति रहेको कार्यक्रम मा स्वागत मन्तव्य सुवास विश्ववकर्मा ले राख्नुभएको थियोे भने कार्यक्रमकाे सञ्चालन विक्रम परियारले गर्नुभएको थियोे ।

Facebook Comments