• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीका कृषक समूहलाई अनुदानमा कृषि औजार वितरण




होलेरी / रुन्टीगढी गाउँपालिका रोल्पाले विभिन्न कृषक समूहहरुलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा जोत्नको लागि ८ वटा हाते ट्याक्टर, ६ वटा पंखा वितरण गरेको हो ।

अनौपचारिक कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले कृषि पेशालाई प्रविधिसँग जोडेर उत्पादन बृद्धि गर्ने उदेश्यका साथ वितरण भएको बाताउनुभयो । प्रत्यक कृषकले आफ्नो आयआर्जन बढाउनको लागि खेती प्रणालीलाई रुपान्तरण गरेर गर्नु पर्ने जरुरी रहेको बताउनुभयो ।

हाम्रो परम्परागत खेती प्रणालीलाई रुपान्तरण गरेर गर्न सके मात्र धेरै आम्दानी बृद्धि गर्न सकिने बाताउनुभयो । कृषि पेशालाई निर्भामुखी नभई ब्यवसायिकमुखी हुनुपर्ने र ब्यवसायमुखी बनाउन पालिका लागि परिरहेको बताउनुभयो । सरकारले सत प्रतिशतमा दिएको भए आएको भनेर लापरबाही हुने हुँदा ५० प्रतिशतमा दिए पछि हाम्रो पनि यसमा लगानी छ है भन्ने ढङगले ख्याल गर्ने हुदा ५० प्रतिशत अनुदान दिएको बताउनु भयो । कृषि पेशाबाट जीवन परिर्वतन गर्छु भनेर लाग्ने सोच छ तर लगानी गर्ने वातारण छैन योजना छ भिजन छ भने रुन्टीगढी सरकारले सहयोग गर्ने प्रतिवद्धता उहाँले ब्यक्त गर्नुभयो ।

योजना लिएर आएपछि योजनाको आधारमा लगानी गर्ने सुनिश्चित गर्न प्रतिबद्ध भएको बातउनुभयो । बितरण कार्यक्रम रुन्टीगढी गाउँपालिका कृषि बिकास शाखा प्राङ्गनमा भएको थियो ।

Facebook Comments