• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रमना पाठशालालाई उत्कृष्ट शैक्षिक हब बनाइँदै




घोराही / घोराही उपमहानगरपालिका-१२ रमनामा रहेको रमना पाठशालालाई उत्कृष्ट शैक्षिक हब बनाइने भएको छ । नयाँ संरचना र नयाँ व्यवस्थापनका साथ २०७७ सालदेखि संचालनमा आएको रमना पाठशालाले स्थापनाको छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न थालेको छ । विद्यालय संचालनसँगै विश्वब्यापी रुपमा फैलिएको कोभिड महामारीको उच्च जोखिमसँग जुध्दै शिक्षालाई गुणस्तरीय बनाउन सफल हुँदै गएको छ । गाउँ घरका विद्यार्थी गुणस्तरीय शिक्षाका लागि सहर केन्द्रित हुँदै गएको र गाउँमा राम्रो शिक्षा हुँदैन् भन्ने भ्रम चिर्नुका साथै स्थानीयस्तरका विद्यार्थीलाई उत्कृष्ट शिक्षा प्रदान गर्नका विद्यालय स्थापना गरिएको विद्यालयले प्रशासनले जनाएको छ । विद्यालयले आइतबार विद्यालयमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी विद्यालयको संक्षिप्त परिचयसँगै आगामी शैक्षिक योजनाहरुको बारेमा जानकारी गराएको हो ।विद्यालयका प्रीन्सिपल विष्णु हमालले विद्यालयको बारेमा जानकारी दिँदै गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले २०७७ सालमा विद्यालय स्थापना गरेको बताए । उनले विद्यालयमा हालसम्म कक्षा ९ सम्म पढाइ भइरहेको हुँदा अब शैक्षिक सत्र २०८० सालमा १० कक्षा समेत संचालनमा ल्याउने र त्यसका लागि अनुमतिका प्रक्रिया सबै पूरा भइसकेको उद्घोष गरे । विद्यालय अहिलेसम्म २७५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका र यसलाई बढाएर शैक्षिक सत्र २०८० सालमा ५ सय विद्यार्थी पुर्याउने लक्ष्य राखिएको प्रअ हमालको भनाइ थियो ।

प्रअ विष्णु हमालले घोराही-१२ वडाका विद्यार्थीहरु राम्रो पढाईको नाममा घोराही र नारायणपुर जाने क्रम बढ्दो रहेको हुँदा सबै स्थानीयवासीलाई सहज बनाउन र गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले विद्यालय संचालन ल्याइएको बताए । उनले आगामी शैक्षिकसत्र २०८० सालभित्र विद्यालयको भौतिक संरचना निर्माण गरिसक्ने र शिक्षामा गुणस्तरीय बनाएर घोराहीबाट रमना पाठशालामा विद्यार्थी पढ्न आउने सन्देश प्रवाह गर्ने कुरामा जोड दिए । विद्यालयमा शैक्षिक गुणस्तरलाई उत्कृष्ट र शैक्षिक हव बनाउनका लागि विद्यालयमा सक्षम र योग्य जनशक्ति रहेको भन्दै प्रअ हमाले भविष्यमा विद्यालयलाई मास्टर डिग्रीसम्मको शैक्षिक गन्तव्य बनाउने समेत बताए ।

त्यस्तै रमना पाठशाला संचालन तथा शैक्षिक निर्देशक कृष्ण देव थापाले विद्यालयको भाबी योजनाको बारेमा प्रोजेक्टरमार्फत प्रस्तुत गर्दै कुनैपनि ठाँउको विकास लागि शिक्षा र स्वास्थ्यको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले विश्व परिवेशमा दक्ष र सीपमूलक जनशक्ति तयार पार्ने र समाजको लागि संस्कार र सभ्यतासहितको शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना गरेको स्पष्ट पारे ।

स्थापनाको छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको र विद्यालयमा विद्यार्थीका लागि वातावरण मैत्री, मल्टिमिडिया , शुद्ध खानेपानी व्यवस्था, २४ घण्टा स्वास्थ्यकर्मीसहित इन्फार्मरी वार्ड व्यवस्था, सुविधा सम्पन्न कम्प्युटर ल्याव, विज्ञान ल्याव,मन्टेश्वरी ल्याव, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापहरुमा संलग्नता, संस्कार र सभ्यताक ज्ञान, सामाजिक उत्तरदायित्व, छात्रवृत्ति लगायत सुविधा रहेको कुरामा उनले जोड दिए । विद्यालयले विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम, संस्कार र सभ्यताको परिचय समिटिएको आफ्नै पुस्तक निर्माण गरि कार्यान्वयन गर्ने शैक्षिक निर्देशक थापाले उद्घोष गरे ।

विद्यालयलाई शैक्षिकसत्र २०८० साललाई निर्माण ग्रीनजोन, बास्केटबलसहितको मन्टेश्वरी र पूर्ण ग्रीन पार्क
बनाइने भएको छ । २०८० सालमा कक्षा ११ को अनुमति लिई नेपालकै पहिलो पूर्ण वातावरणमैत्री विद्यालय संचालन गर्ने र यो योजना पूरा गर्न सके विद्यालयलाई विश्वभरी चनाउने सकिने थापाको भनाइ छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार सविन प्रीयासनले रमना पाठशाला जिल्लामात्र नएर लुम्बिनी प्रदेशमै उत्कृष्ट शैक्षिक हब बन्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सविनले विद्यालयहरूले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै हरेक क्षेत्रमा बिक्ने र टिक्ने शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उद्घोष गरे ।

विद्यालय डेढ बिघा जग्गामा संचालन रहेको छ भने विद्यार्थीका सुविधाका लागि एउटा गाडी र विद्यालयमा २६ जना जनशक्ति रहेको विद्यालयले जनाएको छ ।

रमना पाठशालाका अध्यक्ष बलबहादुर बुढाको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङ शाखाका सल्लाहकार सविन पृयासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार, विद्यालयका शिक्षक/ शिक्षिका लगायको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रमना पाठशाला संचालन तथा शैक्षिक निर्देशक कृष्ण देव थापाले गरेका थिए ।

Facebook Comments