दाङ, २६ चैत/ प्रतिनिधी सभा सदस्य पूर्व मन्त्री मेटमणी चौधरीले नेपाली समाजले सबै धर्मको अस्थित्व व्यवहारिक रुपमा स्वीकार्न सक्नु पर्ने बताउनुभएको छ । इसाई समुदायको महान् दिन ईस्टर सण्डेका अवसरमा लमहीमा आयोजित कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका चौधरीले कानुनी रुपमा राज्य धर्मनिरपेक्ष भएपनी समाजले अहिले पनि सबै धर्मलाई सम्मान व्यवहार गर्न नसकेको बताउनुभयो ।
सबैले सबै धर्मको अस्थित्व स्वीकार्नु पर्नेमा जोड उहाँको जोड रहेको थियो । देशलाई असल मुक्तिदाताको खाचो रहेको बताउदै येशु संसारमा आएर संसारका मनिसलाई पापबाट मुक्ति, शान्ती र स्वन्त्रता दिन सफल भएको बताउदै अहिले जनताले चुनेका जनप्रतिनिधिहरुले पनि आफुलाई मुक्ति दिन सक्ने न्यायकर्ताको रुपमा विकास गर्न सक्नु पर्ने बताउनु भयो ।
अहिले जनताले चुनेका मुक्तिदाता जनप्रतनिधी जनताका मुक्तिदाता बन्न नसकेको समेत आरोप लगाउनुभयो । साथै उहाँ जनप्रतिनिधिले आफूलाई मुक्तदिाता र जनताका दुख अन्त्य गर्ने अस्त्रका रुपमा विकास गर्नसक्नु पर्ने बताउनुभयो ।
इसाई समुदायको महान् दिन ईस्टर सण्डे आईतबार नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । इसाई धर्मलम्बीहरूको प्रभु येशु ख्रिष्ट मृत्युबाट बौरी उठेको सम्झनामा नेपालसहित विश्वमा आईतबारकै दिन ईस्टर सण्डे (पुनरउत्थान आईतबार) विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।
करीब २०२३ बर्ष पहिले इजराइलमा तत्कालिन रोमी शासकहरूले प्रभु येशु ख्रिष्टलाई काठको क्रुसमा फलामको किल्ला ठोकी झुण्डाएर निर्मम हत्या गरिएको थियो । रोमी शासकहरूको चर्म यातनाबाट मुत्युवरण हुनुभएका येशु ख्रिष्ट मृत्यु भएको तीन दिनपछी बौरी उठी जिवित भएको सम्झनामा प्रत्येक बर्ष इजरालको पात्रो अनुसार आजकै दिन यो ईस्टर सण्डे मनाउने गरेको दाङका वरिष्ठ पास्टर नरबहादुर शाहले जानकारी दिनुभयो ।
यसैबीच लुम्बिनी प्रदेशको राजधानी स्थल दाङ–देउखुरीको लमहीमा पनि आईतबार वभिन्नि कार्यक्रम तथा हजारौ ईसाईको उपस्थितीमा ¥याली निकालिएको थियो । इसाई धर्मलम्वीहरूको छाता संगठन इसाई समुदाय जिल्ला समिती दाङको आयोजनामा बृहत्त ईस्टर पुनरूत्थान शान्ती र्याली तथा महोत्सव २०७९ विभिन्न कार्यक्रम गरी मनाईएको हो ।
इसाई समुदाय दाङका अध्यक्ष सन्त घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा
लुम्विनी प्रदेशसभा सदस्यद्वय दिलु बुढा र देबु गैरेले देश दुर्घटनामा गईरहेको बताउँदै देश सञ्चालनका लागि इसाई व्यक्तिहरु सत्ता सञ्चालन गर्ने ठाउँमा पुग्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
इसाई समुदाय दाङका उपाध्यक्ष सीता शाहको स्वागत मन्तव्य तथा प्रमुख बक्ता नेश्नल स्ट्राटेजिक लडिर पास्टर मलिन रोकाको बचनबाट शुरू भएको कार्यक्रममा इसाई धर्मका वरिष्ठ पास्टरहरू सालकिराम शाह, जीवन गुरूङ्ग, नरबहादुर शाह, संगठनका दाङ जल्लिा सल्लाहकार बिब कुसुम र संगठनका दाङ जल्लिा प्रबक्ता असोक यादव लगायतका बक्ताले येशु ख्रिष्टको महिमा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । औपचारकि कार्यक्रम शुरू हुनु अघि दाङ–देउखुरीका विभिन्न चर्चबाट आएका इसाई धर्मका अनुयायी हजारौँको संख्यामा शान्ति ¥यालीसहित लमही बजार परिक्रम गरी लमहीको सार्वजनिक बगैँचामा औपचारिक रूपमा कार्यक्रम शुरू भएको थियो । कार्यक्रमको सञ्चालन समुदायका दाङ जिल्ला सचिव पास्टर सुवास नेपालीले गर्नु भएको थियो ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
