• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कांग्रेस दाङको सम्मेलनको तयारी पुरा




घोराही, २५ चैत्र। नेपाली काग्रेस दाङको भोली आइतबार हुने जिल्ला सम्मेलनको तयारी पुरा भएको नेपाली काग्रेस दाङले जनाएको छ ।

जिल्लाका वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघिय निर्वाचन क्षेत्रको सम्मेलन सम्पन्न गरेको काग्रेसले आइतबार बृहत जिल्ला सम्मेलन गर्न लागेको हो । सम्मेलनलाई नेपाली काग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य दिपक गिरी, कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, योगेन्द्र चौधरी, शिला खड्का सहितका केन्द्रिय सदस्यहरुले सम्बोधन गर्नुहुने नेपाली काग्रेस दाङले जनाएको छ ।

विहान १० बजेदेखि घोराही स्थित वहुउदेश्यीय सभा गृहमा सुरु हुने सम्मेलनमा सहभागिताका लागी नेपाली काग्रेसका वडा कार्यसमिति, पालिका कार्यसमिति, क्षेत्रिय कार्य समिति, क्षेत्रिय प्रतिनिधि, भातृ तथा शुभच्छुक सँघ सँगठनलाई सहभागिताका लागी नेपाली काग्रेस दाङले आग्रह गरेको छ । सम्मेलनले पार्टिको गतिविधिको समिक्षा गर्नुका साथै आगामी रणनिति तथा कार्यक्रम तय गर्ने नेपाली काग्रेस दाङका सभापती शंकर प्रसाद डाँगीले बताउनु भयो ।

 

Facebook Comments