• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मैत्रीपूर्ण फुटबल प्रतियोगिता, घोराहीका पत्रकार टिम बिजयी




घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले नववर्षको अबसरमा आयोजना गरेको मैत्रीपूर्ण फूटबल घोराहीका पत्रकार टिमले जितेको छ । घोराही, तुलसीपुर र देउखुरी क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुको सहभागिता रहेको प्रतियोगितामा गोलाप्रथाबाट फाइनलमा पुगेको घोराहीको टिमीले तुलसीपुरलाई फाइनल खेलमा १ का बिरुद्ध ५ गोलले पराजीत गरेको हो ।

घोराहीको तर्फबाट नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष समेत रहनु भएका सविन प्रियासनले ४ गोल, पत्रकार शालिक चौधरीले १ गोल गर्नु भएको थियो । रोमाञ्चक फाइनल खेलमा तुलसीपुरले गोल हान्ने अवसर गुमाएको थियो । तुलसीपुरले खेलको अन्तमा १ गोल फर्काएको थियो । यस अगाडी तुलसीपुरले देउखुरीको टोलीलाई १ का बिरुद्ध ४ गोल गरेको थियो ।

खेल समापन पश्चात् नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमलले खेलको माध्यमबाट भाइचारको सम्बन्ध बिस्तार हुनुका साथै स्वास्थ्यमा समेत राम्रो प्रभाव पर्ने बताउनु भएको थियो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई मेडल प्रदान गरिएको थियो । महासंघका उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सल्लाहकार सुदिप गौतम, पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गर्नु भएको थियो । प्रतियोगिताका लागि गुरुकुल एकेडेमीले फूटवल पोशाक, मेडलहरु, राजविद्या र सभ्यता पाठशालाले फूटवल जर्सी पत्रकार महासंघलाई सहयोग गरेका थिए । यसैगरी विभिन्न व्यक्तिहरुले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुभएको थियो ।

नवलपुर फूटवल एकेडेमीले प्राविधिक सहयोग गरेको थियो । यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखाले प्रतियोगितामा सहभागिता जनाउने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । पत्रकार महासंघले आउँदो वैशाख २ गते शनिबार बारकुने दहमा वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने जनाएको छ ।

Facebook Comments