• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ग्लोबल ओरियन्स दाङको आयोजना ८८ जनाद्वारा रक्तदान




घोराही, २५ चैत । ग्लोबल ओरियन्स नेपाल प्राली दाङले शनिबार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्राली घोराहीका प्रतिनिधि उमेश चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नंम्वर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरी रक्तदान सुरु गरिएको हो ।

ग्लोवल वरियन्समा कार्यरत ८८ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी रमेत रहनु भएका वडाध्यक्ष पाण्डेले सौन्दर्य र स्वास्थयका सामाग्रीहरुको डाईरेक्ट सेलिङ गर्दै आएको ग्लोबल ओरियन्सले सामाजिक उत्तरदायित्वलाई ख्याल राख्दै रक्तदान गर्नु प्रसंशनिय कार्य भएको बताउनु भएको हो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपाने, पत्रकार महासंघ दाङ शाखाका सचिव आरके शितल, प्रेस चौतरीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्राली घोराहीका प्रतिनिधि उमेश चौधरीको स्वागत मन्तव्य तथा जानकारीबाट सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो । कार्यक्रममा ग्लोवल वरियन्सका प्रतिनिधि मिशन भट्टराई, प्रदिप चौधरी, पुर्णवहादुर वली, दिलिप चौधरी, अस्मिता चौधरीm सोभा चौधरी, दिपा चौधरीलगाएतको सहभागिता रहेको थियो ।।

Facebook Comments