• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घटनास्थल “रन्मा‌” पुग्यो सांसद यमुनाको टोली




नेकपा एमालेकी नेत्री एवं लुम्बिनी प्रदेश सांसद यमुना रोकासहितको टोली रुकुम पुर्वको रन्मा पुगेको छ। शुक्रबार जंगलमा मृत भेटिएका दुई दिदीबहिनीको घरमा‌ पुगेको टोलीले घटनाबारे परिवारसँग भेटघाट गरेको हो।

रुकुम पुर्वभित्र “ग्रासरुट अभियान” मा रहेका सांसद यमुनासहित नेकपा एमालेका केन्द्रीय सदस्य नबिन रोका,जिल्ला अध्यक्ष टोपबहादुर वली,प्रदेश कमिटी सदस्य बागलाल बुढा र जिल्ला उपसचिब तेजेन्द्र बुढा मगर लगाएको टोलि आज घटनास्थलसम्म पुगेको नेता नबिन रोकाले जानकारी दिनुभएको छ।

रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं ३ रन्माका ११ वर्षिया रिना बुढा र ९ वर्षिया कालिमाया बुढा शुक्रबार स्थानिय जंगलमा मृत भेटियका थिए।स्थानिय तारामान र ग्वारि बुढाकि दुइ छोरिहरु घरबाट सिस्नो टिप्न भनि निस्कियको तर अबेरसम्म घर नफर्किएपछि खोज्दै जादा भिरमा मृत भेटिएको‌ स्थानियले बताएका छन् ।घटना छानबिनको क्रममा यो समाचार तयार पार्दासम्म केहिलाई प्रहरिले नियन्त्रणमा लिएको र शंकास्पद केहिलाई उच्च निगरानिमा राखिएको रुकुम पुर्वका डिएसपी अन्जना श्रेष्ठले जानकारी दिनुभएको छ।

साथै सांसद यमुनाको टोलीले भेतघाटको क्रममा मृतकहरु प्रति श्रदान्जलि प्रकट गर्दै घटनालाई तत्काल छानबिन गरि दोषिलाई हदैसम्मको कारबाहि गर्न सम्बंधित निकायहरुमा छलफल समेत गरेको छ।

Facebook Comments