• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गजल : `सहिदको चिहानमाथि उनैको दरबार भयो´




सुरेशकुमार पान्डे

आज देशको न त जनताको उद्धार भयो,
राजनीतिमा सधैभरी नराम्रो व्यापार भयो।

हुन्थ्यो पहिले सबैभन्दा राम्रो समाज सेवा,
त्योपनि राजनीति झुकावकै उजगार भयो।

बहुदलिय व्यबस्था ल्याउँन सहिद भए धेरै,
आज हेर्दा हेर्दै यही व्यबस्था लाचार भयो।

सर्वहाराको नारा लगाउँने इनै राता मण्डले,
सहिदको चिहानमाथि उनैको दरबार भयो।

गरिबलाई उपयोग गरेर अचानो गराए देश,
साम्राज्यबादको दलाल यही सरकार भयो।

यिनैहुँन बन्दुकको नालबाट क्रान्ति ल्याउँने,
जो अहिले ख्रुचेव हिटलर अनि जार भयो।

 

Facebook Comments