• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कांग्रेस दाङको जिल्ला सम्मेलन २६ चैतमा, सम्मेलनको सम्बोधन महामन्त्री थापाले गर्ने




घोराही, २४ चैत्र । पार्टीको स्थापना दिवस साताव्यापी रुपमा मनाउन थालेको नेपाली कांग्रेस दाङले चैत २६ गते घोराहीमा जिल्ला सम्मेलन गर्ने भएको छ । पार्टीका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा आइतबार विहान १० बजेदेखि घोराहीको सभागृहमा जिल्ला सम्मेलन गर्न थालिएको नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले बताउनु भयो ।

जिल्ला सम्मेलनमा दाङ जिल्लाका एक सय वटै वडाका वडा कार्यसमिति, पालिका कार्यसमिति, प्रदेश र प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति, क्षेत्रिय प्रतिनिधि, महाधिबेशन तथा महासमिति सदस्य, भातृ तथा शुभेच्छुक सँघ सँगठन लगायतको सहभागिता रहने नेपाली कांग्रेस दाङले जनाएको छ ।

नेपाली कांग्रेस दाङले जिल्लाका एक सय वडा मध्ये ८० प्रतिशत भन्दा बढी वडाको वडा सम्मेलन, दशवटै पालिका सहित प्रदेश तथा संघ निर्वाचन क्षेत्रका क्षेत्रिय सम्मेलन सम्पन्न भैसकेको जनाएको छ । पार्टीको जिल्ला कार्य समितिले तय गरेको कार्यतालिका अनुसार विभिन्न तहको सम्मेलन सम्पन्न भएपछि जिल्ला सम्मेलन भव्यताका साथ अयोजना गर्न लागिएको सचिव अजुर्न कुमार योगीले बताउनु भयो ।

सम्मेलनमा पार्टीका गतिविधिको समीक्षा गर्नुका साथै पार्टीले आगामी दिनमा चाल्नु पर्ने कदम र रणनीति तय गरिने सभापति शंकर प्रसाद डाँगीले बताउनुभयो । विधानमा भएको व्यवस्था अनुसार पहिलो पटक पार्टिका तहगत संरचनाको सम्मेलन भैरहेको नेपाली काग्रेस दाङले जनाएको छ ।

पार्टीका विभिन्न तहमा रहेर विधान अनुसारको जिम्मेवारी वहन गरेका सकृय सदस्यदेखी नेतृत्व तहमा रहेका तथा भातृदेखि शुभेच्छुक सँगठनलाई आ-आफ्नो जिम्मेवारी पुरा गर्न सचेत गराउने, पार्टेवको नीति र विधि पालना गर्न अग्रसर गराउने, पार्टीका गतिविधिमा थप कृयाशिल बनाउन यस्ता सम्मेलन महत्वपूर्ण हुने भएकाले अनिवार्य सम्मेलन गर्न भनिएको पार्टी सभापती डाँगीले बताउनुभयो । जिल्ला सम्मेलनलाई पार्टी महामन्त्री गगन थापाले सम्बोधन गर्नुहुने भएकाले कार्यक्रममा सहभागि हुन सभापती डाँगीले सबैलाई आग्रह गर्नुभएको छ ।

यसैबीच नेपाली कांग्रेस दाङले सप्ताहव्यापि रुपमा मनाईरहेको पार्टीको स्थापना दिवसको कार्यक्रम अन्र्तगत जिल्ला सम्मेलनमा विभिन्न व्यक्तिलाई सम्मान गर्न लागेको सचिव अर्जुन कुमार योगीले बताउनुभयो ।

२६ गते हुने कार्यक्रममा नेपाली कांग्रेस दाङको पार्टी संस्थापक ११ सदस्यीय कार्यसमिति ( पण्डीत टेकनाथ गौतम नेतृत्वको स्थायी कार्यकारीणी समिति), २००७ साल अघिका राणा शासन विरुद्धकोे क्रान्तिमा योगदान पु¥याएका स्वतन्त्रता शेनानीलाई मरणोपरान्त सम्मान, २००७ सालदेखी २०३६ सम्मका आन्दोलनमा सकृय भई पार्टि सँगठन र समृद्ध समाज निर्माणमा भूमिका खेलेका प्रजातन्त्र सेनानीलाई मरणोपरान्त सम्मान, २००७ देखी २०३६ साल सम्म पार्टीमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई प्रजातन्त्र शेनानी सम्मान, नेपाली कांग्रेसप्रति आस्था र विचार बोकैकै कारण माओवादीको शसस्त्र द्धन्द्धका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिलाई सम्मान लगायतका सम्मान कार्यक्रम गरिने योगीले बताउनुभयो ।

Facebook Comments