• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पद्मोदयमा भोलि हुने विव्यसको निर्वाचनमा संयुक्त उम्मेदवारको प्यानललाई मतदान गर्न आग्रह 




घोराही, २४ चैत । दाङकै जेठो विद्यालय पद्मोदय पब्लिक माध्यमिक विद्यालय भरतपुरको भोलि हुदै गरेको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा संयुक्त समूहका उम्मेदवारहरुले आफूहरुलाई मतदान गर्न अभिभावकहरुलाई आग्रह गर्नुभएको छ।

संयुक्त प्यानलका उम्मेदवारहरु धना जिसी, डिकम विएम, शुसिला खनाल र  उषादेवी गिरी डाँगीले स्वच्छ वातावरण, व्यवसायीक सिपमुलक गुणस्तरीय शिक्षाको लागि घर, चश्मा, कुर्सी र कार चुनाव चिन्हमा मतदान गरि विद्यालय व्यवस्थापनको जिम्मा आफूहरुलाई दिन अभिभावकहरुसँग आग्रह गर्नुभएको हो ।

विद्यालय सुधारका लागी आफ्नो प्रष्ट योजना र प्रतिवद्धता सहित विद्यालय व्यवस्थापनको जिम्मा लिन आफूहरु अगाडी आएको भन्दै उहाँहरुले प्रतिवद्धता सहित भेट गरिएका र भेट गर्न नसकिएका सबै अभिभावकहरुलाई आफ्ना बालबालिकाको उज्वल भविश्य निर्माणको आधार विद्यालय शिक्षा भएकाले उक्त तहको शिक्षा पाउने वातावरण अभिभावकको चाहना अनुसारको बनाउन आफूहरुको उम्मेदवारी भएको बताउनु भएको छ ।

आफ्नो अपिलमा उहाँहरुले भरतपुर स्कुल व्यवस्थापनको जिम्मा आफूहरुले पाएमा नियमित रुपमा अभिभावकसँग अन्र्तकृया र छलफल गरि आफूहरु अगाडी बढने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

 

Facebook Comments