• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वाइसीएल नेपाल रुन्टीगढीको दोस्रो पालिका सम्मेलन होलेरीमा हुने




प्रेम क्षेत्री / वाइसीएल नेपाल रुन्टीगढीको दोस्रो पालिका सम्मेलन होलेरीमा हुने भएको छ । वाइसीएल नेपाल रुन्टीगढी गाउँपालिका रोल्पाले यही चैत ३० गते दोस्रो गाउँपालिका सम्मेलन गर्ने भएको हो । ” संसारका मजदुर एक हौं ” दोश्रो पालिका सम्मेलनमा सम्पुर्ण युवा सहभागी बनौं भन्ने मुल नाराका साथ वाईसीएल नेपाल रुन्टीगढीले होलेरीमा उक्त कार्यक्रम गर्न लागेको जनाएको छ ।

नेपालको विभिन्न कालखण्डमा समयानुकूल राजनैतिक र सामाजिक ब्यबस्था परिवर्तन गर्नमा युवाहरूको महत्वपूर्ण योगदान रहदै आएको र बर्तमान अवस्थाले पनि युवाहरूको माग गरिरहेको हुँदा सम्पूर्ण युवा शक्ति एकीकृत भइ विभिन्न प्रतिगामी तत्वहरुका बिरुद्ध लड्ने र बर्तमान ब्यबस्थाको रक्षा गर्ने जिम्मेवारी वाइसीएल नेपालको काँधमा रहेको अध्यक्ष क्षितिज पुनले बताए ।

अहिलेको ब्यबस्थाको गुलियो स्वाद लिदै कोहिकोही मान्छेहरु कब्जियत मानसिकताबाट अमिलो डकार डकार्दैछ्न । यस्ता प्रवृत्तिहरुले समाज र रास्ट्रलाई अहित हुने मात्र होइन लोकतान्त्रिक गणतन्त्र प्राप्ति संबिधानको सम्म खतरा हुनेभएकाले यो ब्यबस्थालाई जन्माउन जति वाईसीएल नेपालको भुमिका रह्यो त्यस्तै संरक्षण गर्ने जिम्मेवारीमा पनि कुनैपनी मुल्य चुकाउन सकिने त्यसकालागी बहादुर र बुद्धिमानी वाइसीएलको निर्माण हुने अध्यक्ष पुनको भनाइ छ ।

वाइसीएल नेपाल रुन्टिगढी गाउँपालिकाको आयोजनामा हुने सम्मेलनले आजको युवा रास्ट्रको आवस्यकता, पहुँच र प्रतिनिधित्व युवाको हातमा आईहाले त्यो जिम्मेवारीको निर्वाह गर्न सक्ने क्षमताको बिकास गर्न आवश्यक रहेको र सक्षम नेतृत्व चयन गर्न सकिनेमा बिश्वास लिदै इन्चार्ज निराजन घर्तिले उक्त सम्मेलनमा विभिन्न राजनैतिक दल, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी खबर गरेको पनि जानकारी दिए ।

Facebook Comments