• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै




दाङ, २४ चैत । नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ वर्षको अबसरमा भोलि शनिबार घोराहीमा मिडिया कप मैत्रीपूर्ण फूटवल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा दाङका सबै क्षेत्रमा क्रियाशील पत्रकारहरुको सहभागिता रहनेछ ।

तुलसीपुर, घोराही र देउखुरी क्षेत्रमा क्रियाशिल पुरुष र महिला पत्रकारहरुको टिम प्रतियोगितामा सहभागि हुने पत्रकार महासंघ दाङले जनाएको छ ।

शनिबार विहान ७ बजेदेखि घोराही–१८ नवलपुरमा रहेको फूटवल मैदानमा हुन लागि रहेको प्रतियोगितामा सहभागिताका लागि पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी र सचिव आरेक शितलले सबै सञ्चारकर्मीहरुलाई अनुरोध गर्नु भएको छ ।
प्रतियोगितामा ४ वटा टिमको सहभागिता रहनेछ । बिजयी हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगितालाई भव्य बनाउनका लागि गुरुकुल एकेडेमी, सभ्यता पाठशाला, राजविद्या पाठशाला लगायतका विद्यालय एवं संघसंस्था अनि व्यक्तिले महासंघलाई पोशाकलगायतका सामग्रीहरु सहयोग गर्ने भएका छन् ।

पत्रकार महासंघले नयाँ वर्षको अबसरमा वैशाख पहिलो साता शुभकामना आदानप्रदान कार्यक्रम पनि गर्ने योजना बनाएको छ ।

Facebook Comments