घोराही, २३ चैत । घाेराही उपमहानगरपालिकाले कानुन विपरीत सरूवा गरेकाे भन्दै नेपाल शिक्षक महासंघ र पेसागत संघ संगठनले शिक्षकहरूलाई सरूवा पत्र नबुझ्न आग्रह गरेका छन् ।
आज बिहीबार महासंघ र पेसागत संघ संगठनले एक प्रेस विज्ञप्ति जारी गरी घाेराही उपमहानगरपालिकाले कानुन विपरीत मनोमानी ढङ्गले शिक्षकहरूलाई अतंकित पार्ने गरी घोराही ०७९ चैत्र ८ गते १०१ जना शिक्षकलाई सरुवा गरेको सन्दर्भमा पटक पटक नेपाल शिक्षक महासंघ घोराही र जिल्लाले ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानमा तत्परता नदेखाएकाले नेपाल शिक्षक महासंघ घोराही चरणवद्ध आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
`पेसागत संघसंगठनहरूले उठाएको अन्याय विरुद्धको आवाजलाई सफल पार्नका लागि राज्य आतङ्क मच्चाउने गरी गरेको सरुवा पत्र नबुझ्न सम्पूर्ण शिक्षकहरुलाई हार्दिक अनुरोध छ । हाम्रो अनुरोधको उपेक्षा गरी सरुवा पत्र बुझ्ने शिक्षकहरूलाई रमाना नदिन र हाजिर नगराई हाम्रो आन्दोलनलाई सहयोग गरिदिनु हुन सम्बन्धित सबै प्रधानाध्यापकज्यूहरू र विद्यालय व्यवस्थापन समितिलाई पनि हार्दिक अनुरोध गर्दछौं ।´ जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा अन्यायको विरुद्धको आन्दोलनलाई सहयोग गरिदिनुहुन सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, समाजसेवी बुद्धिजीवी, शिक्षाप्रेमी, नागरिक समाज, राजनीतिक दलहरु र कानून व्यवसायीहरू तथा सञ्चारकर्मीहरूलाई अनुराेध गरिएकाे छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
