• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती नदीमा डुबेर एक बालक बेपत्ता




दिनेश रैदास
दाङ / प्यूठान झिम्रुक गाउँपालिका घर भई सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गढ भालुबाङमा कार्यरत राम बहादुर सुनारका छोरा वर्ष ११ विवेक सुनार राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।

भालुवाङ पुल्चोक स्थित राप्ती पुल नजिकै आज अपरान्ह ४ बजे तिर नुहाउन गएका बेला सो दुर्घटना भएको थियो।

बालकको खोजी कार्यमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय बासिन्दाद्वारा खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

त्यसैगरी सशस्त्र प्रहरीको गोताखोर टोली पनि प्रचालित भएको ज्वालामई गणका गणपतिले जानकारी गराउनु भएको थियो।

Facebook Comments