दाङ, २२ चैत । बंगलाचुली गाउँपालिकाको कार्यालयले कार्यालयको कामलाई प्रभावकारी गाराउनका लागि कर्मचारीहरुलाई तालिम दिएको छ । गाउँपालिकाले कार्यालयका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षीत गरेको छ । पालिकाले कर्मचारीहरुलाई सूचना संचार प्रविधि र कार्यालय व्यवस्थापन तथा सकारात्मक सोच सम्बन्धी तालिम दिएको हो ।
सो अबसरमा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसीले कर्मचारीहरुले शासक नभई जनताको सेवकको रुपमा काम गर्नुपर्ने बताए । नेता र कर्मचारीले शासक र प्रशासक जस्तो बनेर काम गर्दा जनताले उचित सेवा पाउने समेत उपाध्यक्ष जिसीले बताए ।

उहाँले सेवालिन आएका जनतालाई सहजहुने गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । कर्मचारी जनताको सेवक भएको स्मरण गराउँदै जनतालाई हैरानी हुने खालको काम कहि कतैबाट नगर्न सुझाव दिनुभयो । कर्मचारीह र जनप्रतिनिध एक आपसको सहयोग विना काम गर्न नसक्ने भन्दै उपाध्यक्ष जिसीले कर्मचारी र जनप्रतिनिध एक आपसमा सहयोग गरेर काम गर्नुपर्ने समेत बताउनु भयो।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
