• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा बालविवाह गरेको आरोपमा ३ जना पक्राउ




दाङ, २२ चैत्र । दाङको बंगलाचुलीमा  बालविवाह गरेको आरोप प्रहरीले किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ ।
चैत १९ गते बिवाह गर्दै गरेको अवस्थामा प्रहरीले मंगलबार दुलाहादुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।
बंगलाचुली गाउँपालिका–४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए ।
केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उनले बताए । यसबारे थप अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।
Facebook Comments