दाङ २२ चैत। नेपाल दलित संघ बंगलाचुली गाउँपालिकाको संयोजकको जिम्मेवारी केदार परियार ले प्राप्त गरेका छन् । नेपाल दलित संघ बंगलाचुलीको २१ गते मंगलवार भएको भेलाले केदार परियारलाई संयोजकको जिम्मेवारी दिएको छ ।
नेपाल दलित संघ दाङ जिल्लामा संगठनलाई सुृदृढीकरण अभियानलाई तीव्रता दिएको छ । संगठनलाई बलियो बनाउँदै दलितहरुको हकहितका लागि वकालत गर्नका लागि संगठन विस्तारको कार्यलाई तिव्रता दिएको हो ।

अब केही दिन पालिकास्तरिय समिती बिस्तार हुने र सम्पुर्ण वडामा संगठन बिस्तार गरिने संयोजक केदारले बताउनु भयो ।
नेपाल दलित संघ दाङ जिल्लाका उपाध्यक्ष प्रकाश नेपालीको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि तेज बहादुर बिकको प्रमुख आतिथ्यतामा भएको भेलाको सहजिकरण नेपाल दलित संघ दाङ जिल्लाका सचिव शमशेर नेपाली गर्नु भएको थियो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
