• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गजल – प्रायः नेतालाई लुट्ने ठाउँ चाहिन्छ !




सुरेश कुमार पाण्डे

प्रायः नेतालाई लुट्ने ठाउँ चाहिन्छ,
धनमान हुनलाई नयाँ दाउँ चाहिन्छ।

लुटेराहरूको इमान धर्म हुँदैन कत्ति,
इनिहरूलाई न देश न गाउँ चाहिन्छ।

चाहे देशकै दुश्मन किन नहौस त्यो,
अप्राधी पाल्ने एउटा माउँ चाहिन्छ।

चुनावकै बेलामा खायौं भात र मासु,
अब त्यसैको व्याज र साउँ चाहिन्छ।

नतमस्तक छन् साम्राज्यवादकै अंघी,
मात्र झुक्नलाई उनैको पाउँ चाहिन्छ।

किन नदलुन जनताहरू कालो मोसो,
नेतालाई देश बिदेशमा नाउँ चाहिन्छ।

Facebook Comments