• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सी जाति भनेको क्रान्ति , निकास ,नयाँ शुरुवात र सभ्यता हो: विप्लव




नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली समाजमा विद्यमान जातव्यवस्थाको समाधानका लागि नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रस्तुत सी जातिको अवधारणा भनेको क्रान्ति , निकास ,नयाँ शुरुआत र एउटा उन्नत सभ्यता निर्माणको अभियान भएको बताएका छन्। मङ्गलबार काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित सी जातिको अवधारणा बिषयक विचार गोष्टीमा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले यस्तो बताएका हुन्।

श्रमिक समुदाय मोर्चा नेपालद्वारा आयोजित बिचार गोस्टीलाई सम्बोधन गर्दै महासचिव विप्लवले – भारतबर्षको पछिल्ला ४ हजार बर्षको इतिहास जातिय सङ्घर्सको इतिहास हो, यहाँ बर्गसंघर्षको इतिहासको कुरा गरेर मात्रै इतिहास अपुर्ण रहन्छ , भारतवर्षमा विभिन्न जातिहरबिच संघर्षहरु हुँदै आएका छन , त्यसैले यसलाई निकास र हल दिन जरुरी रहेको बताए।

“यो बिषय हाम्रो मात्रै सवाल होइन,सबै सचेत ब्यक्ति ,राज्य र अन्ततः समाजको बिषय हो ,हामीले शुरुआत मात्रै गरेका हौं ” उनले भने -“जातिको बिषय मानवसिर्जित समस्या हो ,हिन्दु समाजमा चार वर्ण छत्तीस जातको कुरा सत्ताले जन्माएको कुरा थियो,जसरी समाजका सारा चिजहरु जन्मिसकेपछि मर्ने कुरा अनिवार्य छन त्यसरी नै यो जातब्यवस्था पनि समाप्त हुने कुरा निश्चित छ।”

नेपाल कम्युनिस्ट पार्टीले नवौं महाधिवेशन मार्फत सी जातिको अवधारणा अगाडी ल्याउनुको मुख्य सन्दर्भ कोट्याउदै -“कुनैपनि ज्ञान आकस्मिक रूपमा जन्मिदैन त्यसको आधार हाम्रो वरिपरिको बस्तु र समाज नै हो।त्यसैले नेपालको समाज र स्थितले हामीलाई नयाँ ढङ्गले सोच्न प्रेरित गर्यो,क्रान्ति र आन्दोलनका क्रममा भोगेका सफलता र असफलता, क्रान्ति र प्रतिक्रान्तिका अनुभवले हामीलाई झक्झक्यायो, त्यसैले हामीलाई समस्या समाधान गर्न एउटा नयाँ सभ्यता निर्माणको रुपमा सी जातिको बिषय ल्याएका हौ -उनले थपे।”

मन्तव्यको क्रममा कम्युनिस्टहरुले मानिसको अन्तरास्ट्रिय जाति हुनेछ भनेर गित त गाए तर बनाउन सकेनन् त्यसैले हामीले सचेततापुर्वक सी जातिको कुरा गरेका हौं ,कुनैपनि सभ्यता निर्माणमा ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ,सी सभ्यताको निर्माणमा जन्म मृत्युु र बिबाह बारे केहि मान्यता बनाएका छौ तर यस अनुसार आर्थिक दृस्टीकोण बनाउन जरुरी रहेको समेत बताए।

नेपालमा विद्यमान जातव्यवस्थाको समाधान गर्नेबारे विभिन्न दृष्टिकोण र मान्यता रहेको र हालसालै पुर्वमा चलिरहेको पहिचानको आन्दोलनतर्फ संकेत गर्दै महासचिव विप्लवले -आजको नेपालको राज्यसत्ता ३/४ सय जनाको कब्जामा भएको दलालहरुको सत्ता हो, यसलाई बदल्न पहिचानको आन्दोलन जरुरी छ तर पहिचानवादी भएर होइन, त्यसले मात्रै जातिय मुक्ति हुदैन।जातीय मुक्ति पुजीवादी संघियताबाट पनि सम्भव छैन त्यसको दिगो र प्रगतिशील समाधान समाजवादी संघियताबाट मात्र संभव रहेको उनले ठोकुवा गरे।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सन्तोष सी, पुर्व राजदुत डा निर्मल बिश्वकर्मा, डा खगेन्द्र प्रसाई, लेखक तथा बिश्लेषकहरु तुलानारायण साह, कमला हेम्चुरी, सहप्राध्यापक अब्दुल खान, सह प्राध्यापक डा श्यामु थापा मगरले अवधारणा पत्रमाथि टिप्पणी गरेका थिए । बिचार गोष्टीमा बिक्रम सीले स्वागत मन्तव्य र निशान सीले कार्यक्रमको सञ्चालन गरेका थिए भने श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले अध्यक्षता गर्दैअवधारणा पत्र पेश गरेका थिए।

Facebook Comments