• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘क्षितिजको क्यानभासमा युद्धचित्र’ कार्यक्रम सम्पन्न




तिर्थ राज चौधरी
घोराहि, २१ चैत्र/बिगत एक दशक अघि देखि कला, साहित्य र संगितको क्षेत्रमा काम गर्दै आएको उदाहरण समुह नेपालको आयोजनामा आज घोराहीमा ‘क्षितिजको क्यानभासमा युद्धचित्र’ नामक कार्यक्रम सम्पन्न गरिएको छ।

साहित्यकार क्षितिज मगरद्धारा लिखित ‘भेडी कम्बलको प्वाल’ कथा संग्रहको बारेमा समिक्षा तथा बिमर्श गरिएको छ। पुस्तकको समिक्षा पदम प्रसाद पोखरेलले गर्नुभएको थियो। पोखरेलले पुस्तकको गहन अध्ययन गरि सबल पक्षका तारिफ र केही सुधार्नु पर्ने पक्ष औँल्याउँदै आगामी लेखनको लागि सुझाव दिनु भएको हो।

कार्यक्रमको दोस्रो सेसन बहसको सेसन थियो। बहस सेसनको वक्ताहरुमा लेखक क्षितिज मगर, प्राध्यापक केशव सुवेदी, डा. गोविन्द आचार्य र सुमिना रहनु भएको थियो। वक्ताहरुले बोल्दै धेरै पक्षहरु अब्बल हुँदाहुँदै पनि कथामा समाबेश पात्र र कथाको बिषयवस्तुमा टिप्पणी गर्नु भएको छ। देखापरेका कमजोरीहरुलाई औँल्याएर आगामी पुस्तक हरुमा थप सशक्त रुपमा कलम चलाउन सुझाव समेत दिनु भएको हो। प्रकाशनको अनुभव शेयर गर्दै पुस्तकका प्रकाशक बिजयराज आचार्यले यस्तो खालको पुस्तक प्रकाशनको बिरलै पाइने अवशर पाएकोमा खुसी ब्यक्त गर्नु भयो।

बहसको सेसनमा समुहका अभियानता घनश्याम अस्तित्व सहजकर्ता हुनुहुन्थ्यो भने पुर्ण कार्यक्रमको सहजीकरण अर्का अभियानता तिर्थ राज चौधरीले गर्नुभएको थियो।

Facebook Comments