• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्ने अनलाइनको पाँचौ वार्षिकोत्सवः लुम्बिनीमै उत्कृष्ट बनाउनुपर्नेमा जोड




घोराही, २० चैत । लुम्बिनी प्रदेश घोराही दाङबाट संचालनमा आइरहेको सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा संचालित सिस्ने अनलानइ आजबाट पाँचौं वर्ष पूरा गरेर छैटौं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा आज सोमबार अनलाइकै कार्यालयमा एक कार्यक्रमका बीच अनलाइनको पाँचौ वार्षिक उत्सव मनाइएको छ । ‘सबैका समाचार सबैका विचारः युगको आव्हान डिजिटल संचार’ भन्ने मुलनारासहित संचालनमा आएको अनलानइले आफ्नो पाँचौ वार्षिक उत्सव मनाएको हो ।No description available.

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले सिस्ने अनलाइनको पाँचौ पूरा गरेर छैटौं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना मन्तव्य दिँदै सिस्ने अनलाइलाई लुम्बिनी प्रदेशमै उत्कृष्ट बनाउनुपर्ने बताए । उनले साविक राप्ती अंचलभरी राम्रो प्रभाव दिँदै आएको भन्दै अब लुम्बिनी प्रदेशमै उत्कृष्ट अनलाइन बनाउनतर्फ समर्पित हुनुपर्ने कुरामा जोड दिए । पछिल्लो चरणमा पत्रकारिता क्षेत्रमा केही समस्या देखिएको र त्यस्ता समस्याहरु आउन नदिन पत्रकारिता पेशालाई थप मर्यादित, व्यवस्थित र विश्वनीयता बनाउनुपर्ने उपाध्यक्ष जीएमको भनाइ छ ।No description available.

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासंघका केन्द्रीय उपाध्यक्ष जीएमले अनलाइन संचालन गर्न सजिलोसँगै अप्ठारो भएको उद्घोष गर्दै अनलाइन संचालन गर्नका लागि साइट बनाउन लाखौं खर्चिनुपर्ने र यसलाई भने जसरी संचालन सके जनशक्ति कम लाग्ने स्पष्ट पारे । पत्रकार आचारसंहितालाई पालना गर्दै व्यवसायिक विकासका लागि अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले त्यसका लागि महासंघले सहजीकरण र अगुवाइ गरिरहेको बताए ।No description available.

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतलले शुभकामना मन्तव्य दिँदै विश्व मिडियाको विश्वव्यापी प्रभावसँगै सिस्ने अनलाइनले साविकको राप्तीमा राम्रो प्रभावकारी भूमिका खेलेको बताए । उलने अबको प्रभावकारी मिडिया डिजिटल अनलाइन भएपनि यसको प्रभावकारीता अबको दायित्व भएको र यसलाई जनताको सबैभन्दा नजिकको साथी बनाउनुपर्ने भन्दै पत्रकारिता मर्यादाको आत्मसाथ गरी मिडियालाई व्यवस्थित र विश्वानीय बनाउनुपर्ने कुरामा जोड दिए ।No description available.

त्यस्तै अनलाइनका प्रबन्ध सम्पादक जंग रेउलेले सबैका समाचार सबैका विचारः युगको आव्हान डिजिटल संचार भन्ने मुलनारासहित संचालनमा आएको सिस्ने अनलाइनले नारा अनुसार नै सबैका समाचर र विचारलाई समेट्दै आएको र आगामी दिनमा अनलाइनलाई थप उत्कृष्ट बनाउदै लैजाने बताए ।No description available.

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य पाण्डव शर्मा, अम्मरराज आचार्य, दिपक वली, ग्यालेक्सी फोरके नारायण नेपाल, रेडियो मध्येपश्चिमका चन्द्रप्रकाश नेपाली, सिस्ने अनलाइनकर्मी भ्यूमान पुन, विष्णु गोराथोकी, नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष प्रेम बुढा मगर, घोराही उपमहानगरपालिका- १३ का पूर्व अध्यक्ष रविलाल घर्ती, पूर्व वडा सदस्य केशव गिरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अनलाइनका सम्वाददाता एवं फोटो पत्रकार हिमाल महराले गरेका थिए ।No description available.

 

Facebook Comments