निराजन सिर्पाली
रुकुम पूर्व / एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यलय रुकुमकोट रुकुम पुर्वको पिपिआर खोप अभियान अन्तर्गत आज रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ मा भेडाबाख्राहरुमा पीपीआर विरुद्दको नि:शुल्क पीपीआर खोप लगाईएको छ ।
४ नम्वर वडाको ढाँका, काँडा,अमलाचौर,तल्नो दादिङ,माथिल्नो दादिङको घर तथा टोलहरुमा पुगेर भेडा बाख्राहरुमा पीपीआर विरुद्दको नि:शुल्क पिपिआर खोप लगाईएको एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यलय रुकुम पुर्वका पशु प्राविधिक पुश्पप्रसाद शर्माले बताउँनुभएको छ । उहाँका अनुसार ५७ घर धुरिका जम्मा ३९० भेडा बाख्राहरुलाई उक्त खोप लगाईएको हो ।
साथै स्थानिए देबिराज घर्तिका अनुसार आफुहरुलाई यस्ता कुनै पनि अभियानहरु सुचना तथा खबर विनानै सञ्चालन हुने गरेको दुखेसो गर्नुभएको छ । घर्तिका अनुसार उक्त पिपिआर खोप अभियान आफ्नो घर तथा टोल हरुमा कसैलाई थाहा नभएको गुणासो गर्नुभएको हो । कतिपय धेरै भेडाबाख्राहरु पाल्ने किसानहरुले थाहा नपाउदा पिपिआर विरुद्दको निशुल्क पिपिआर खोप लगाउन छुटेको उहाँको भनाई रहेको छ ।
यताभने एकिकृत कृर्षि तथा पशुपंक्षि विकास कार्यलय रुकुमकोट रुकुम पुर्वले भने आफुहरुले पिपिआर खोप अभियानमा जानु अगाडिनै प्रत्यक वडाहरुमा जानकारि गराउने गरेको र प्रत्यक किसानहरुको घरहरुमा आफुहरुले खबर गर्न नसकिने कार्यलयएले बताएको छ । साथै कतिपय किसानहरुको घरमै गएर पिपिआर खोप लगाउन खोजे पनि भेडाबाख्राहरुलाई खोप लगाउन कतिपय किसानहरुले नमान्ने गरेको पनि कार्यलय को भनाई रहेको छ । साथै भोलि सिस्ने गाउँपालिकाको वडा नम्बर ३ मा भेडा बाख्राहरुमा पिपिआर विरुद्दको निशुल्क पिपिआर खोप लगाइने पनि कार्यलयले जानकारी दिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
