• २२ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल (छैठौँ) द्वारा स्ववियु निर्वाचितलाई बधाई तथा सम्मान




दिनेश रैदास

लमही । राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल (छैंठौ)ले दाङका विभिन्न क्याम्पसको स्ववियु चुनावमा निर्वाचित हुनेहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

अखिल (छैंठौ) दाङका अध्यक्ष सरिता पुन मगरको अध्यक्षता तथा विद्यार्थी संगठनकै केन्द्रिय अध्यक्ष देबेन्द्र कवरको प्रमुख आतिथ्यतामा शनिबार लमहीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो । त्यसक्रममा राप्ती शिक्षा क्याम्पस घोराहीका स्ववियु सदस्य सुनिता आचार्य, जनता बहुमुखी क्याम्पस गढवामा स्ववियु सदस्य मनिषा उपाध्याय र सदस्य पुस्पा धिताल , एरावती आदर्श क्याम्पस लालमटियामा स्ववियु सचिब अशोक खनाल , सदस्य सिद्धार्थ सुवेदी र सदस्य केशरी शर्मा , देउखुरी बहुमुखी क्याम्पस लमहीमा स्ववियु सदस्य निर्मला खनाल र सदस्य बिना पोख्रेल , स्पान कलेज घोराहीमा स्ववियु सदस्य खगेन्द्रा विष्ट लगायतलाई बधाई तथा सम्मान गरिएको थियो ।

सो अवसरमा राजमोका केन्द्रीय सदस्य एवं दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल (छैंठौ) केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष्य खगेन्द्र विष्ट, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष रिसव आचार्य, रुपन्देही उपाध्यक्ष कुलचन्द्र शर्मा, अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सल्लाहकार डिलाराम पाैडेल , अखिल नेपाल कानुन व्यवसायी संघ केन्द्रिय सदस्य कृष्णप्रसाद आचार्य र अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय सदस्य कपिलदेव खनाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।

सहिदहरु प्रति एक मिनेट मौनधारण गरी शुरु भएको कार्यक्रममा स्वागत् मन्तब्य अखिल छैंठौ दाङ जिल्ला उपाध्यक्ष तिर्शन केसी र सञ्चालन सचिव दिनेश रैदासले गर्नु भएको थियो।

Facebook Comments