भ्यूमान पुन
घोराही, १८ चैत । दाङ निर्माण व्यवसायी संघको निर्वाचन स्थगित भएको छ । निर्माण व्यवसायी सदस्यहरुको बीचमा मतभेदसहित विवाद हुँदा निर्वाचन स्थगित भएको हो ।
संघको निर्वाचन १७ गते हुने कार्यतालिका प्रकाशित भनिएतापनि निर्माण व्यवसायी सदस्यहरुको बीचमा मतभेद हुँदा निर्वाचन समितिले आज शनिबार एक सूचना जारी गर्दै अनिश्चितकालीनका लागि निर्वाचन स्थगित जनाएको छ ।
अर्को सूचना जारी नहुँदासम्म निर्वाचन स्थगित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचनका लागि व्यवसायी सदस्यहरु बीच सहमति नहुँदा नसक्दा र व्यवसायी सदस्यहरु बीच सामान्य विवाद हुँदा कार्यालयमा तोडफोड भएको समेत निर्माण व्यवसायी संघले जानकारी दिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
