• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वर्षौंपछि महेन्द्र मावि होलेरीको मुहार फेरियो, जिल्लाकै नमूना विद्यालय बनाइँदै




नन्दराम खड्का
रोल्पा / दक्षिण रोल्पाकै सबैभन्दा पुरानो बिद्यालय महेन्द्र महेन्द्र मावि होलेरीको बर्षौँपछि मुहार फेरिएको छ। २०२१ शालमा रोल्पाको होलेरीमा स्थापना भएको बिद्यालयको हालसम्म पुरानै,जिर्ण तथा जोखिम युक्त भवनमा पठनपाठन हुँदै आएको थियो।

साना भवन,साघुरा कक्षाकोठाका कारण पठनपाठनमा विद्यार्थी तथा शिक्षक दुबैलाई असहज हुँदै आएको थियो। तर अहिले भने पुराना सबै संरचनाहरु भत्क्याएर बिद्यालयले मापदण्ड अनुसारका नयाँ भवनहरु निर्माण गरेको छ।

नयाँ भवन बनाइएपछि पठनपाठनमा सहज ब्यबस्थित बनेको विद्यालयका प्र.अ.बेदान्त शुर्यबंशीले जानकारी दिए।उनले भने `पहिलेका भवनहरु साना र जिर्ण थिए।टिनका छानामुनि पढाउँदा असिनापानी पर्दा शिक्षक र विद्यार्थी बोलेको एकअर्काले सुन्नै मुस्किल हुन्थ्यो।गर्मियामा टिनको छानो तातिने हुँदा कक्षाकोठामा गर्मी हुने जस्ता समस्या थिए।तर अहिले आ.सी.सी.भवन निर्माण गरेका छौँ।पठनपाठनमा सहज भएको छ।हामि खुसी छौँ।´गत बर्ष निजि श्रोतबाट ३ कोठे भवन,प्रदेश सरकारको २० लाख लागतमा ४ कोठे र रुन्टीगढी गाउँपालिकाको लगानीमा ४ कोठे भवन निर्माण गरिएको प्र.अ.सुर्यबंशीले जानकारी दिए।

पछिल्लो आर्थिक बर्ष लुम्बिनी प्रदेश सरकारको ५० लाख लगानीले ४ कोठाका ३ तले भवन निर्माण गरिएको उनको भनाई छ। यस अघि विद्यालयको मुहार फेरिने गरि कुनै काम भएको थिएन। बिद्यालयको प्र.अ.मा शुर्यबंशी र ब्यबस्थापन समिति अध्यक्षमा गोबिन्द पुन नजर आउँदा परिबर्तनहरु देखिन थालेका छन्। अन्य थप संरचना निर्माण गर्दा गय बर्षसम्म विद्यालयको ४० लाख ऋण रहेपनि यस बर्ष भने आधा घटाइसकेको उनले जानकारी दिए।

विद्यालय सुधारका लागि आफुहरु र ब्यबस्थापन समितिले मिहेनतका शाथ पहल गरेको उनको भनाई छ। भने जस्तो संरचनाहरु निर्माण गरिसकेकाले अब विद्यालयको लक्ष गुणस्तरीय पठनपाठन रहेको प्र.अ.सुर्यबंसीले बताए।१२ कक्षासम्म पठनपाठन हुने यस बिद्यालयलाई जिल्लकै नमुना विद्यालय बनाउने उनको भनाई रहेको छ।

Facebook Comments