सल्यान, १६ चैत । जिल्लाको कुमाख गाउँपालिका वडा न. -६, वडागाउँकी अन्दाजी ७० वर्षीया पदमी परियारको मृत्यु भएको हो ।
बिहीबार बिहान जिल्लाको बागचौर नगरपालिका वडा न.- ३ स्थित सेताभिर नजिकैको सडक बाट लडेर उहाँको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
उहाका उनुसार घटनाको जानकारी पाउनसाथ प्रहरीले घटना स्थल पुगेर खोज तलास गर्दा परियारको शव सडकदेखि २० मिटर तल भेटिएको थियो ।
मृतक परियार गत केही दिनदेखि छोरीको घरमा बस्दै आउनु भएको थियो । शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको बताइएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
