• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
त्रिवेणी गाउँपलिकामा संचालित नि:शुल्क आयोग कक्षा तथा कम्प्युटर तालिम सम्पन्न




अमृत वली
रोल्पा, १६ चैत । रोल्पाको त्रिवेणी गाउँपालिकामा निःशुल्क संचालित लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा तथा आधारभूत कम्प्युटर तालिमको बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

त्रिवेणी गाउँपालिका भित्रको जनशक्तिलाई सरकारी सेवामा प्रबेश गराउने उद्देश्यले संचालित नवप्रवर्तन साझेदारी कोष अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम- PLGSP), लुम्बिनी प्रदेश र त्रिवेणी गाउँपालिका, रोल्पाको साझेदारीमा सञ्चालित लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धनका लागि सञ्चालित अबका महिला: उम्दा महिला परियोजना अन्तर्गतको कार्यक्रमको लागि विनियोजित गरिएको बजेटबाट निःशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरिएको हो ।

करिब चार महिना अघिदेखि त्रिवेणी गाउँपालिकाको बहुउद्देश्यीय सभाहल जुगारमा प्रत्यक्ष रुपमा सञ्चालन भएको तयारी कक्षामा गाउँपालिका भित्रका डेढ सय बढी तयारी कक्षामा सहभागिता जनाएका थिए ।

गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गरेपछि लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लिने सपना पुरा भएको प्रशिक्षार्थीको भनाई रहेको छ । लोक सेवा आयोगमा प्रतिष्पर्धाका लागि गाउँपालिकाले तयारी संचालन गरेको भन्दै लगानीलाई खेर जान नदिने प्रशिक्षार्थीहरुले प्रतिबद्धता जनाएका छन् ।

तयारी कक्षामा सहभागि भएका प्रशिक्षार्थीहरुलाई सफलताको शुभकामना दिनुहुदै गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाठा मगरले गाउँपालिकाले चालेको प्रयासलाई सफल बनाउन सबै जनालाई कडा परिश्रम गरेर र अब्बल क्षेत्रमा आफ्नो नाम दर्ज गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष मगरले तयारी कक्षा लिएकाहरु सरकारी सेवामा प्रबेश गरेको देख्ने इच्छा भएको बताउदै लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षालाई प्राथमिकतामा राखेको जनाउनुभयो ।

परियोजना अन्तर्गतका कार्यक्रमहरु कृषि , पशु, स्वास्थ्य , कटाई , सिलाई तर्फका केहि कार्यक्रमहरु सम्पन्न भैसकेको र केही कार्यक्रमहरु सञ्चालन भैरहेको परियोजना फोकल पर्सन तथा त्रिवेणी गाउँपालिका प्रशासन अधिकृत प्रेम प्रकाश पुन मगरले बताउनुभयो ।।

Facebook Comments