• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकामा शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षा सुरु




तुल बहादुर कवँर मगर
मसुरिया,१४ चैत । दाङको राप्ती गाउँपालिकामा शैक्षिकसत्र २०७९ को गाउँपालिका स्तरीय वार्षिक परिक्षा आज मंगलबार देखि सुरु भएको छ । कक्षा १ देखि ९ कक्षा सम्मको यस वर्षको वार्षिक परिक्षा सुरु भएको हो।

राप्ती गाउँपालिकाभित्र रहेका ३०ओटै सामुदायिक विद्यालयमा एकै साथ परिक्षा सुरु भएको राप्ती गाउँपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ ।

पालिकाको वार्षिक कार्यतालिका अनुसार परिक्षा आज मंगलबार देखि चैत २२ गते बुधबार सम्म सञ्चालन हुने शाखा प्रमुख विकले जानकारी दिनु भएको छ।

यस वर्ष पालिकामा सामुदायिक विद्यालयका ७ सय ८५ र संस्थागत विद्यालयका ३ सय १८ गरि जम्मा ११०३ जना विद्यार्थीहरु कक्षा ८ को परिक्षा सामेल भएका छन् ।

साथै राप्ती गाउँपालिका स्तरीय आधारभूत परीक्षा समितिको वैठकले आधारभूत तह९कक्षा ८०उत्तीर्ण वार्षिक परिक्षा बिहान ८ बजे देखि र अन्य कक्षाको दिउसो १ बजे देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।

सोही अनुसार कक्षा ८ को मंगलबार पहिलो दिन अंग्रेजी विषयको परिक्षा शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा शाखाकी प्राविधिक सहायक देवि मल्लले जानकारी दिनु भएको छ ।

कक्षा ८ को परीक्षाको गाउँपालिका स्तरीय परिक्षा अनुगमन समितिले अनुगमन समेत गरि रहेको छ ।

Facebook Comments