• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा एकमहिने ठेकी बनाउने तालिम सुरु




बंगलाचुली गाउँपालिकामा काठको ठेकी बनाउने सम्बन्धि तालिमको सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा बंगलाचुली गाउँपालिकाको सहयोगमा तालिमको सुरु गरिएको हो ।

काष्ठजन्य भाडाँकुडा ठेकी तथा आरी जन्य सामग्री निर्माण सम्बन्धी ३० दिने तालिमको बंगलाचुली तिन मुलाबारीमा सुरु भएको हो । घरेलु तथा साना उद्योग कार्यालाय दाङका उद्योग विकास अधिकृत मिनराज पाण्डेको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर को प्रमुख आतिथ्य र उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले ठेकीलाई बंगलाचुली गाउँपालिकाको चिनोकोरुपमा विस्तार गर्नका लागि पहल गरिने बताउनु भयो । उहाँले ठेकी निर्माणका लागि बिद्युतिय प्रविधिको विकास संगै यसको व्यवसायीकतामा जोड दिने बताउनुभयो । अध्यक्ष पुनले ठेकीको व्यवसायीताका लागि गुणात्मक विकास गर्दै बजारमा बंगलाचुली गाउँपालिकाको चिनोकोरुपमा विस्तार गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष भक्त बहादुर जिसीले ठेकीको प्ररम्परागत महत्व रहेको बताउँदै यसको व्यवसायीक विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँघरमा विवाहका समयमा ठेकीमा दहि बोकेर जाने परम्पराको स्मरण गर्दै ठेकिको सामाजिक महत्व रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मिनराज पाण्डेयले तालिमका लागि बंगलाचुली गाउँपालिकाले देखायको अग्रसरताको प्रसंशा गर्नुभयो । उहाँले तालिम बाट दक्ष ठेकी निर्माणकर्ता उत्पादन हुनेमा विस्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, गाउँकार्यपालिका सदस्यहरु गणेश विश्वकर्मा, रमाकुमारी पुन, तिन नम्वर वडा सदस्य हरि प्रकाश प्रसाद घर्ती लगाएतले बोल्नुभएको थियो । तालिमको प्रशिक्षककमा गुमान सिँह विश्वकर्मा रहनु भएको छ । तालिममा बंगलाचुली गाउँपालिका वडा नम्वर ३ मुलावारी क्षेत्रका १६ जनाको सहभागिता रहेको छ ।

Facebook Comments